Homeसमाचारनेपालसरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख

सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख

सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख

काठमाडौं, 6 जुन 2023

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताए ।समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको भनाई थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफलमा भाग लिदै अध्यक्ष ओलीले नेपाल र नेपालीको हितमा बजेट नआएको बताए।बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराको जस्तो भएको उल्लेख गर्दै उनले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताए । त्यस अवसरमा ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्न भन्दा पनि उपलब्धिमा देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिए ।

उनले भने, ‘हामीले निर्माण गरेको संविधानले प्राप्त गर्ने लक्ष्य राखेको समाजवाद उन्मुख अर्थ व्यवस्थाको मार्गबाट बजेट विचलित भएको छ । कसले मन परायो, कसले मन पराएन ? किन भयो, भएन ? संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवाद उन्मुख अर्थतन्त्र भनेको पुँजी उन्मुख होइन, मानव उन्मुख हो । घराना उन्मुख होइन, समाज उन्मुख हो । ठुलालाई पैसा कमाउने अवसरमाथि अवसर थप्ने होइन । आम जनताको जीवनस्तर माथि उठाउने हो । उत्पादन, उत्पादकत्व वृद्धि गर्ने नाममा पुँजीको केन्द्रिकरण होइन । वितरणमा न्यायोचिततासहितको बजेट हो । त्यसमा विमुख छ । त्यसलाई छोडेको छ । नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति बजेट विल्कुल विमुख छ । यसले अकर्मण्यता र शिथिलताले ग्रसित छ । यसमा भिजनहीनता छ । यसले देख्दैन परसम्म । चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोशेराको जस्तो छ बजेटको । यसले देख्दैन, भिजन छैन । पोलिसी छैन । त्यस कारण यसमा अकर्मण्यता छ । र, शिथिलता छ । परिणाममा हेरियोस् म केही भन्दिन । माननीयजीहरूले पछि बहस गर्ने क्रममा जवाफ त मलाई दिन सक्नु हुन्छ । परिणामबाट, उपलब्धिबाट जवाफ दिनुस् म सत्तापक्षलाई भन्न चाहन्छु । यो उदासीन छ । किन भनेको भने अहिलेको सरकार आय स्रोत कसरी बढाउने ? त्यसमा प्रयास अगाडि बढाउने, प्रयासमा तीव्रता दिने, प्रयासलाई योजनाबद्ध ढंगले अघि बढाउने त्यस कुरामा ध्यान छैन । अझिंगर जस्तो छ । डम्म सुतेको छ । अगाडि केही आयो भने तानेर खाउँला भनेर बसेको छ । भन्सार राखिदिएको छ । त्यहाँबाट रकम असुल भयो भने, एयरपोर्टबाट भयो भने, भैरहवाबाट भयो भने, उताबाट भयो भने आएको बजेट भन्सारमा थापेको छ नि त्यस टोकरीमा आइलाग्यो भने स्वाप्प पार्ने । एउटा नीतिमा भनिएको छ । ’

ओलीले सरकारले वैदेशिक अनुदानको रकमलाई समेत घटाउन खोजेको भन्दै आपत्ती जनाए।

 बजेट बाँझो खेतमा विउ छरेजस्तो अन्धधुन्द रहेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...