‘आदिपुरुष’ रिलिज हुने हलमा एक सिट हनुमानका लागि खाली नै राखिने
दिल्ली, 6 जुन 2023
असार १ गतेबाट फिल्म ‘आदिपुरुष’ सिनेमाहलमा प्रदर्शन हुँदैछ। यसैबीच, निर्माणटिमले फिल्म प्रदर्शन हुने हरेक हलमा एक सिट भने खाली राखिने अर्थात सो सिट बिक्री नगर्ने निर्णय भएको छ।‘आदिपुरुष’ रामको कथा माथि आधारित फिल्म हो । रामका सबैभन्दा ठूला भक्त हनुमानको सम्मानमा एक सिट खाली राख्ने निर्णय गरिएको भारतीय संचार माध्यमले जनाएको छ।
‘जहाँ रामायण पाठ हुन्छ, त्यहाँ भगवान हनुमान प्रकट हुन्छन् भन्ने विश्वास छ। त्यही विश्वासलाई सम्मान गर्दै आदिपुरुष स्क्रिनिङ हुँदा एक सीट हनुमानका लागि छुट्याइनेछ,’ टिमले जारी गरेको प्रेस रिलिजमा लेखिएको छ। ओम राउत निर्देशित फिल्ममा प्रभासका साथै सैफ अली खान र कृति सेनन मुख्य भुमिकामा छन्।









































