Homeसमाचारसरकारसँग पब्जी गेम बन्द गर्न सांसदको माग

सरकारसँग पब्जी गेम बन्द गर्न सांसदको माग

सरकारसँग पब्जी गेम बन्द गर्न सांसदको माग

काठमाडौं, 19 जुन 2023

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले पब्जी खेल बन्द गर्न माग गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उक्त माग गरेका छन्। सांसद चौधरीले पब्जी गेमका कारण बालबालिकाहरु बिग्रँदै गएको भन्दै तत्काल बन्द गर्न आग्रह गरे ।

सरकारसँग

सांसद चौधरीले भने, ‘यो पब्जी गेम तुरुन्तै बन्द गरियोस् । आज हाम्रो बालबालिकाहरू ठोक्–ठोक्, मार भन्दै पागलजस्ता भएका छन् । त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस्,’

सरकारसँग

२०७९ जेठ २६ गतेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै  सांसद दिल कुमारीले पनि यस्तो माग राखेकी थिइन्।

त्यसअघि २०७८ साउन १२ गते सांसद आशाकुमारी विकले पनि यस्तै माग राखेकी थिइन्। ‘पब्जी र फ्रीफायर जस्तो खेलको लतमा फसेका बालबालिका र किशोरकिशोरीमा देखिएको डराउने, झस्किने, जिद्दीपना जस्तो अनौठो बानीले बच्चाको स्वभावले आमाबुवामा परेको तनावको कारण निम्तिने रोगहरूको दृश्य सामान्य लाग्ला’, उनले भनेकी थिइन्, ‘तर, पछि गएर मानसिक रोग अस्पतालको अभाव हुने संकेत देखिएकाले सरकारले तत्काल यो अनलाइन खेलहरू बन्द गरियोस्, नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराउँछु।’

सरकारसँग

भारतमा त्यतिबेला पब्जी खेल्न नदिएको झोकमा एक १६ वर्षीय किशोरले गोली हानी आफ्नै आमालाई मारेको घटना प्रकाशमा आएको थियो। जसका कारण नेपालमा पनि यसलाई बन्द गर्न आवाज उठेको थियो।

युवा तथा बालबालिकालाई यो अनलाइन खेलको लत लागेको र कतिपय आपराधिक क्रियाकलापमा समेत उत्रिने गरेको भन्दै बेलाबखत यो खेलको विरोध हुने गरेको छ।

 

 

यो समाचार पनि पढनुहोस्…

  1. ‘आदिपुरुष’को चर्को विरोध
  2. ‘कंगनाले बोलेका सबै कुरा झुटा हुन्’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...