काठमाडौं, 6 फरवरी 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारी वकिलको पारिश्रमिक र सुविधाका लागि अलग्गै कानुन बनाउन पहल गरिने बताएका छन्। सोमबार महान्यायाधिवक्ताको कार्यालयको अनुगमन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले सरकारी वकिलको जनशक्ति विस्तारमा सरकारले सहयोग गर्ने बताए। उनले कारागार, हिरासत कक्ष, बाल सुधार गृहको अनुगमनबाट सन्तोषजनक नभएको देखिएकाले त्यसलाई सुधार गरिने बताए। यस्तै, विधि विज्ञान प्रयोगशालालाई प्रदेश तहसम्म विस्तार गरिने पनि प्रधानमन्त्रीले उल्लेख गरे। न्याय सेवाका कर्मचारीको सुविधा र सेवालाई विगतभन्दा राम्रो बनाइने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।









































