HomeFeatureसरकार संकटमा पर्छ जस्तो लाग्दैन, परे शासन प्रणाली नै दुर्घटना हुनसक्छ :...

सरकार संकटमा पर्छ जस्तो लाग्दैन, परे शासन प्रणाली नै दुर्घटना हुनसक्छ : ओली

काठमाडौं, 2 फरवरी 2023

सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक चलखेल सुरु भए पनि सरकारै संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले सरकार संकटमा परे असाधारण अस्थिरता सुरु हुने बताए ।

 “मुख्य कुरा राज्यका एजेन्डा कार्यान्वयन गर्ने भन्ने कुरा हो । तपाईंहरूले भनेजस्तो मलाई यो सरकार संकटमा पर्छ जस्तो लाग्दैन,” उनले भने, “सरकार अस्थिर भयो भने यो प्रणालीमै अस्थिरता आउन सक्छ ।”

निर्वाचन प्रणालीमा कि शासन प्रणालीमा अस्थिरता भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले शासन प्रणालीमै अस्थिरता आउन सक्ने बताए ।

“नेपालमा राणाशासन र शाह र पञ्चायतमा दमनका कारण स्थिरता देखिए पनि प्रजातन्त्रपछि स्थिरता कायम हुन सकेन,” उनले भने, “अहिले पनि सरकार परिवर्तनका खेलमा लाग्ने हो भने शासन प्रणालीलाई दुर्घटनामा लैजान सक्छ।”

उनले भर्खरै संसद् र सरकार बनेको भन्दै संविधान संशोधनको कुरा गरिहाल्ने समय नभएको बताए ।

“संविधान भनेको संशोधन हुन नसक्ने कुरा होइन । तर, भर्खरै चुनाव भएर सरकार बनेको अवस्थामा संविधान संशोधनको चर्चा गरिहाल्ने बेला भएको छैन,” ओलीले भने, “लोकतन्त्रका विरुद्धमा षडयन्त्रहरू एकदमै भद्दा ढंगले भइरहेका छन् ।”

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...