HomeFeatureसवै प्रक्रिया बुझेर मात्र बैदेशिक रोजगारमा जान सुझाव: सुरक्षा मन्त्री

सवै प्रक्रिया बुझेर मात्र बैदेशिक रोजगारमा जान सुझाव: सुरक्षा मन्त्री

काठमाडौं, 8 फरवरी 2022

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ सवै प्रक्रिया बुझेर मात्र बैदेशिक रोजगारमा जान सुझाव दिनुभएको छ । मंगलबार सिंहदरबारमा युएई गई अलपत्र परेर नेपाल फर्काइएकाहरुसंगको छलफलका क्रममा मन्त्री श्रेष्ठले राज्यका बिभिन्न निकाय र सम्बन्धीत कम्पनीमा बिषयमा बुझेरमात्र मात्र बैदेशिक रोजगारमा जान सुझाव दिनुभएको हो । भिजिट भिसा प्रयोग गर्नेहरु अलपत्र पर्ने क्रम बढेको भन्दै उहाले यस क्षेत्रमा देखिएको बिकृतिलाई अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले युएइमा नै गएर नेपालीहरुले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिने जानकारी दिनुभयो । उहाले हजारौ नेपालीहरु अलपत्र परेको सूचना आएको भन्दै यस बिषयमा मन्त्रालय गम्भीर रहेको बताउनुभयो । छलफलका क्रममा युएइबाट फर्केका पीडितहरुले म्यानपावरलाई भनेबमोजिमको पैसा दिदा पनि आफुहरुलाई अलपत्र पारेको गुनासो गरेका थिए । युएइमा निकै कष्टकर रुपमा आफुहरुलाई राखिएको उनीहरुले बताए । उनीहरुले आफुहरुलाई अलपत्र पार्ने म्यानपावरलाई कडा कारवाही गर्न माग गरेका छन् । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा युएई गई अलपत्र परेका नेपालीलाई आठ जनालाई उद्धार गरी नेपाल ल्याएको हो । युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका संचालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले पक्राउ समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...