सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ? रवि लामिछानेको प्रश्न
काठमाडौं ,2 नोभेम्बर 2023
प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले संसदमा बोलेका कुरा समेत नसुन्ने सरकारले जनताले बोलेको के सुन्छ भन्दै कटाक्ष गरेका छन् ।
उनले भने– ‘प्रत्येक संसद् बैठकमा हामी सांसदले राष्ट्रिय महत्त्व सहितका आफ्ना निर्वाचन क्षेत्रका विषय राख्दै आएका छौँ । कहिले मलिन भएर कहिले चर्को स्वरमा नागरिकका आवाज हामीले उठाउँदै आएका छौँ । जनताका दुःख पीडा माग आवश्यकता जस्ताको तस्तै आफ्नो क्षमता अनुसार सुनुवाइ गर्ने कोसिस गर्दै आइरहेका छौँ । मन्त्रीदेखि प्रधानमन्त्रीलाई सोध्छौँ ता कि जनतालाई आश्वस्त पार्न सकियोस् । तर दुःखका साथ भन्छु यो संसदले हामी जनप्रतिनिधिकै आवाज सुनेको छैन भने नागरिक तहको आवाज के सुन्थ्यो ? सुनेको छैन ।’
कुनै सांसदले उठाएको गुनासो, प्रश्न सरकारले सम्बाेधन गरेको भए त्यसलाई संयोग मात्र माने हुने अवस्था रहेको बताए । सदनमा आरोप पत्या रोप मात्र हैन फौजदारी अभियोग नै दर्ज गराउनुपर्ने खालको आरोपको खेती हुने बताए । शीर्ष भनिएका नेताहरुको भाषणमा कुण्ठा चल्ने, मिथ्याङ्क राख्ने र संसद् बन्धक समेत बनाउने गरेको बताए ।









































