HomeFeatureसांसदहरुद्वारा समसामयिक राजनीतिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण

सांसदहरुद्वारा समसामयिक राजनीतिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण

काठमाण्डौ,5 अप्रैल 2021

सांसदहरुले समसामयिक राजनीतिक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन। संघीय संसद प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले समसायिक राजनीतिक विषय, संसदको प्रभावकारिता, विकास निर्माण लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन।

सांसद राजबहादुर बुढा क्षेत्री ले जनतामा सदनप्रति विश्वास कायम राख्ने वातावरण मिलाउन राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराउनुभयो। उहाँले संसदको अंकगणित र जनताको अभिमतलाई मुलुकको सम्मृद्धि र स्थिरताको पक्षमा मिलाएर लैजानु नै दलहरुको राजनीतिक धर्म कर्म र दायित्व भएको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो अहिलेको सदनको चाललाई हेर्दा भ्यान्टिलेटरमा राखेको विरामी जस्तै भएको छ। गतिविधिका हिसाबले शुन्यतामा पुग्नु मुलुकका लागि दुर्रभाग्य हो। राजनीतिक दलहरुले सधै चालबाजीको खेल खेल्नु शोभनिय हुदैन । मुलुकको माग स्थिरता छ । सम्मृद्धि छ । संविधानको कार्यान्वयन छ । संसद भित्रको अंकगणितले गर्दा संसदीय गतिविधि संचालनमा कठिनाई उत्पन्न भएको हो भन्ने मान्ने हो भने अर्लि इलेक्सनबाट आउने अंकगणित पनि यो भन्दा नमिलेर आउन सक्छ । त्यसपछि पनि अर्लि इलेक्सनमा जाने हो ? यो समाधानको बाटो होइन । जनताले दिएको अभिमत र अंकगणितलाई मुलुकको सम्मृद्धि र स्थिरताको पक्षमा मिलाएर लानु दलहरुको राजनीतिक धर्म , कर्म र राजनीतिक दायित्व हो । सबै पक्ष मिलेर जिम्मेबारी बोध गरौ । जनतामा सदनप्रतिको विश्वास जगाऔ।

सांसद रंगमति शाहीले संविधान विपरित संबैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्रीले महिला हिंसाका विधेयकहरु ल्याउन दिएनन् भनेर ढाँटेको आरोप लगाउनुभयो। उहाँले संसदले बनाएका प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गको नयाँ युवामा प्रवेश ग¥यो रे । मेरो जिल्लाका जनताले एम्बुलेन्स, गाडी के हो देखेका छैनन । बिरामीले अहिले सम्म अकालमा ज्यान गुमाउनु परेको छ। जो ठूला अपराधि, भ्रष्ट्रचारीहरुलाई गणतन्त्र मनाउनेको नाममा चालचलन राम्रो लाग्यो भनेर राष्ट्रपतिज्यूले कैद मिनाहा गरिदिनुहुन्छ । म भ्रष्ट्राचार गर्दिन, गर्नपनि दिदिन भन्नुहुन्छ, जसले राज्यको कर छलि गर्न सक्छ उसैको घरमा पार्टी कार्यालय स्थापना हुन्छ । नागरिकता जस्ता अति महत्वपूर्ण विधेयकहरु थन्किन्छन, हजारौं नागरिक बाटोमा छन, संविधान विपरित संवैधानिक परिषद्को अध्यादेश ल्याइन्छ अनि महिला सांसदले महिला हिंसाका विधेयकहरु, अध्यादेशहरु अगाडी ल्याउन दिएन भनेर ढाँटनुहुन्छ हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यू । तयारै नगरी एक सय ६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक भनेर बालुवाटारबाट स्वीच थिचेर शिलान्यास गर्नुहुन्छ सम्माननीय प्रधानमन्त्री ज्यू यो त नौटङ्की नै हो । संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराउनुहुन्छ, बालुवाटार पनि सरकारी निवास हो । अब बालकोट मै गएर राज गर्दा राम्रो होला ।

सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा देखि बुटवल सम्मको सडकखण्ड मर्मत तथा स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सालिकग्राम मार्गका लागि बजेट विनियोजन नगरिएकोमा गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो सिद्धार्थ राजमार्गका सन्दर्भमा सरकारको ध्यान किन आकृष्ट हुन सकेन । बुटवल देखि दोभान सम्म त्यो सडकको दुरदशा हेर्दा सरकारका मन्त्रीहरु पटकपटक त्यही बाटो ओहोर दोहोर गर्नुभएको छ । म आग्रह गर्न चाहन्छु १२/१५ करोड ठूलो कुरा होइन । दुई महिना तीन महिना भित्र १२/१५ करोड रकम विनियोजन गर्यो भने त्यहाँ कालोपत्रे गर्न सकिन्छ । बर्सैपिच्छे मान्छेको ज्यान गएको छ । जीवन जोगाउने काममा सरकार लागि परोस म आग्रह गर्न चाहन्छु। शालिकराम मार्गका निम्ति बजेट विनियोजन गरिएको छैन किन पूर्वाग्रह राखेको छ म हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छु त्यसैगरी शालिकराम शिलाका सन्दर्भमा तटबन्ध निर्माण गर्नका निम्ति प्रयाप्त बजेट विनियोजन गर्न म हार्दिकतापूर्वक आग्रह गर्दछु । सरकारको ध्यान सिद्धार्थ राजमार्गको पोखरा देखि बुटवल सम्मका निम्ति सम्पूर्ण रुपले केन्द्रीत गर्न म आग्रह गर्न चाहन्छु । मेरुदण्डमा खेलवाड नहोस ।

योगेश कुमार भट्टराईले ताप्लेजुङ दोभानका आगलागी पीडीतलाई तत्काल आवास र दैनिक आवश्यकताका भुकम्प पीडीत सरहको राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो चुनाव अगाडी गठमन्धन बनाएँ, चुनाव जितेपछि एकीकरण गराएँ, सरकार बनाउँदा आधा कार्यकाल मागे, कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडे, कार्यकारी प्रयोग गरी प्रधानमन्त्री र अध्यक्षको राजीनामा मागें, संसद विघटन गरेर परिवर्तनको घोषणा गरें, निर्वाचनको घोषणा गरें, लोकतन्त्र संकटमा पर्यो भनेर कराएँ, प्रतिगमन भयो भनेर चिच्याएँ, आन्दोलन गराएँ, मिसन मिडिया चलाएँ, वकिल, नागरिक समाज उचालें, अदालत गुहारें, निर्वाचन आयोग धाएँ, माइतीघर मण्डलामा सुर्यको चिन्ह लगाएँ, सेटिङको हल्ला चलाएँ, संसदीय दलको नेता बनें, अध्यक्ष घोषणा गरें, ११ गतेको फैसलाले मख्ख परें, लड्डु खाएँ, अबिर दलें, कांग्रेस र जसपाको अफिस धाएँ, नागरिक समाजको डबली धाएँ, २३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ, विश्वासको मत फिर्ता लिन्छु भन्छु सक्दिन, अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु सक्दिनँ, नयाँ गठबन्धन खोज्छु सक्दिनँ, प्रधानमन्त्री बन्नुस भन्दा कसैले टेर्दैन, अव प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ, नैतिकताको आधारमा राजीनामा दिनैपर्छ , लडाकु प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने प्रधानमन्त्रीको सीट खालि छ । केपी ओलीको अगाडी मेरो केही लागेन । जसपाले मानेन, कांग्रेस जागेन ।

सांसद मेटमणि चौधरीले चुरे संरक्षण हुनुपर्ने भन्दै चुरे दोहन गरी अबैध कारोबारमा संलग्नलाई कारवाही गर्न माग गर्नुभयो ।

सांसद मोहन बानियाले कर्णाली राजमार्गको सुर्खेत देखि नाग्म सम्मको अधिकांश खण्डमा कालोपत्र विग्रेर खाल्डाखुल्डी परेको र बर्षा संगै हिलाम्मे हुने भएकाले रारा जाने पर्यटकिय सो मार्गलाई कालोपत्र मर्मत गर्न माग गर्नुभयो ।

राजेन्द्र कुमार केसीले मेलम्चीको पानी र्कितिपुरमा नपुगेको भन्दै तत्काल र्कितिपुरबासीलाई पानी वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले डिपिआर नै नभईकन प्रधानमन्त्रीले १ सय ६५ वटा सडकको सिलन्यास गरेको उल्लेख गर्दे कुन सडकको सिलन्यास भएको हो ? भनेर प्रश्न गर्नुभयो ।

सांसद लक्ष्मी परियारले वर्तमान सरकारले प्रसंसनीय काम गर्न नसकेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो सरकारको प्रसंम्सा गर्न पर्यो किन नगरेको भनेर सरकार पक्षका माननीय ज्यूहरुले खुबै रोइलो गर्नुहुन्छ । प्रसंम्सा गर्नका लागि सरकारले कुनै त्यस्तो काम गरेको छैन । प्रसंसनीय काम हुनुपर्यो नि । सरकारले जनता आक्रोशित हुने काम गर्ने, त्यसैले हामी प्रसम्सा गर्न सक्क्तैनौ रोइलो बन्द गर्नुहोस् माननीय ज्यूहरु । हामी कसैको मृत्युमा हास्न सक्तैनौ ।

उहाँले इलाम नगरपालिकाका मेयरले त्यहाँको एउटा दलित बस्ती उजाडेको आरोप पनि लगाउनुभयो ।

सांसद भीमसेन दास प्रधानले प्रधानमन्त्रीले संसद चलिरहेका बेला राजनीतिक विषयमा सदनबाहिर धारणा राख्नु गैह् जिम्मेवारी, अराजनीतिक र असंबैधानिक चरित्र भएको  टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्रीलाई सदनमा  आएर बोल्न पनि आग्रह गर्नुभयो ।

सांसद भैरव बहादुर सिंहले बझाङका १२ वटा स्थानीय तहमा खडेरी परेको, हिउँदे बाली सुकेको र स्थानीयहरु भोकमरीको चपेटामा परेको भन्दै तत्काल खाद्य आपुर्ति गर्न सरकारसंग माग गर्नुभयो ।

त्यसैगरी सुन्य समयमा बोल्ने अन्य सांसदहरुले १ सय ६५ वटा बाटोहरुको बालुवाटारबाट सिलन्यास भएपनि ती बाटोका डिपिआर पनि नभएको भन्दै सो कार्यमाथि प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...