HomeFeatureसातदोबाटो युथ क्लब ए डिभिजन लिगको तयारीमा

सातदोबाटो युथ क्लब ए डिभिजन लिगको तयारीमा

काठमाण्डौ, 19 अगस्त 2021

सहिद स्मारक बी डिभिजन लिग च्याम्पियन हुँदै सातदोबाटो युथ क्लबले २३ वर्ष पछि शीर्ष डिभिजनमा बढुवा भयो । बढुवा भएसँगै अहिले ए डिभिजन लिगको तयारी गरिरहेको छ । लिगकै लागि विभिन्न अन्य क्लबले खेलाडी अनुबन्ध गरिरहँदा सातदोबाट भने मौसमअनुकुल सहिद स्मारक ए डिभिजन लिगको तयारी गरिरहेको छ । बी डिभिजन लिगको सुखद अन्त्य गर्दै शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लब अहिले लिग खेल्न आतुर छ । खेलाडी अनुबन्ध र प्रायोजक भेला पार्ने कामलाई क्लबले तिब्रता दिइरहेको छ । सातदोबाटोले किन भने शीर्ष डिभिजन खेल्न क्लबका लागि स्तरिय र बलिया प्रतिस्पर्धीको चुनौति सामना गर्नु पर्ने हुन्छ । त्यसका लागि क्लबले केही अनुभवि र केही पुराना खेलाडीको संयोजन गरेको छ र समय र मौसम अनुकुल खेलाडीलाई प्रशिक्षण गराइरहेको छ । ए डिभिजनमा उक्लिएका सातदोबाटोको लक्ष्य शीर्ष तीन भित्र रहेर लिग सक्ने योजना रहेको क्लबका अध्यक्ष कपिल राना मगरले बताए ।यस अघि बी डिभिजनमा दुई सिजन उपाधि नजिक पुगेर पनि वञ्चित भएको थियो । तीतो अनुभवलाई क्लबले २३ वर्षपछि पूरा गर्दै ए डिभिजनमा उक्लिएको थियो । सातादोबाटो स्थित एन्फा मुख्यालयमा भएको त्यो क्षणमा खेलाडी निकै हर्षित देखिएका थिए ।२०५७ मा स्थापना भएको सातदोबाटो सी डिभिजन र त्यसको १० वर्षपछि बी डिभिजनमा उक्लेको थियो । उक्त अवधिमा बिमल केसी क्लबका अभिन्न सदस्य थिए जसले  आफ्नो क्लब बढुवा भएसँगै सन्यास लिएका थिए । उनको टोलीले बी डिभिजन लिगमा ११ मध्ये ९ खेल जित निकाल्दै ए डिभिजन लिग खेल्ने यात्रा तय गरेको थियो । बी डिभिजन लिगमा उत्कृष्ट खेल प्रदर्शन गरेका बसन्त तामाङले बलिया क्लबको चुनौतिलाई सामना गर्दै राम्रो नतिजाका लागि ए डिभिजन लिग खेल्ने बताए ।क्लबलाई क्लबलाई खेलाडी अनुबन्ध र क्लब सञ्चालन गर्न आर्थिक पाटो निकै महत्वपूर्ण हुन्छ । क्लबको आफ्नो भवन भएकाले बाहलबाट उठ्ने रकम र एन्फाले दिने तयारी खर्च क्लबका केही सहयोग हुनेछ । तर सञ्चालनका लागि पर्याप्त भने हुने छैन । प्रायोजकसँग कुरा भइरहेको र गतिलो प्रायोजक खोज्ने काम भइरहेको क्लबका अध्यक्ष कपिल रानामागर बताए ।त्यसो त एएफसीका क्लब लाइसेन्सिङका मापदण्ड जस्तै आफ्नै अभ्यास मैदान, एकेडेमी सञ्चालन लगायत मापदण्ड पूरा गर्न पनि क्लबका लागि अर्को चुनौति छ । शीर्ष डिभिजनमा उक्लिएको क्लबलाई बलिया क्लबको सामना गर्न पक्कै सहज भने छैन । एएफसी र फिफाका कडा नियम र ए डिभिनजमा हुने ठूलो खर्च धानेर सफलता पाउनु पनि सातदोबाटोका लागि ठूलो चुनौती रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...