HomeFeatureसामुदायिक रेडियोहरुमा विकृति बढेकाले नियमन आवश्यक: सञ्चारमन्त्री गुरुङ

सामुदायिक रेडियोहरुमा विकृति बढेकाले नियमन आवश्यक: सञ्चारमन्त्री गुरुङ

काठमाण्डौ,22 मार्च 2021

सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु यसको मर्म अनुरुप नचलेको भन्दै नियमन आवश्यक रहेको बताउनुभएको छ। सोमबार सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरु सामाजिक रुपान्तरणको नभइ राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति स्थापना भइरहेको भन्दै यसको नियमन गर्नु आवश्यक रहेको बताउनुभएको हो । सामुदायिक रेडियोहरु समुदायको निम्ति भन्दापनि पार्टी र नेताहरुको चुनावी प्रचार प्रसारको माध्यम बनेकाले विकृति, विसंगति र अराजक शैलीलाई नियन्त्रण गर्नका लागि नियमन आवश्यक रहेको उहाँको भनाई छ । सरकारले सामुदायिक रेडियोको नियमन गर्दा विरोध हुनेभन्दै उहाँले सामुदायिक रेडियो प्रसारक संघलाई सामुदायिक रेडियोहरुको नियमन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘सामाजिक रुपान्तरणको निम्ति भन्दाखेरी पनि राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति, राजनीतिक पार्टीहरुमा पनि ब्यक्तिहरुको आफ्नो चुनाव प्रचारको, व्यक्ति प्रचारको, पार्टीको प्रचारको निम्ति प्रतिस्पर्धाबाट रेडियो धेरै जन्मिएको त होइन ? यी रेडियोहरुको जन्म कुन उद्देश्यबाट भएको थियो, कसरी स्थापना भएको थियो र अहिले रेडियोको प्रतिस्पर्धा किन भइरहेको छ र रेडियोको फ्रिक्वेन्सी दिनै सकिदैनँ, जसले साच्चै रेडियो सञ्चालन गर्न खोजिरहेको छ उसले फ्रिक्वेन्सी नपाउने, जसले फ्रिक्वेन्सी लिएको छ त्यो रेडियो चाहीँ सामुदायिक रेडियोको आचारसंहिता, त्यसको नीति अनुसार चलेको छ कि छैन त्यो एकपटक फेरिपनि हामीले समिक्षा गर्ने कि नगर्ने ? रेडियोको स्थापना र उद्देश्य अनुरुप छ कि छैन त्यो कुरोको पनि एकपटक समिक्षा गरौँ । यसको उद्देश्यमा यसको नीतिको मर्म विपरित कहीँ रेडियो सञ्चालन भइरहेको छ र रेडियो जन्म भएको छ भनेपनि यसप्रति हामीले यसलाई नियमन गर्ने को ? सरकारले नियमन गर्दा त विरोध भैहाल्न सक्छ । यसको निम्ति सामुदायिक रेडियो प्रशारक संघले नै आफैले आफैलाई कसरी व्यवस्थित गर्ने ? आचार संहिता निर्माण गर्न सकुन् । आफुहरुको बिचमा यसले दिइरहेको नकारात्मक सन्देश, समाजमा  दिइरहेको विकृति, विसंगति र अराजक शैलीहरु प्रति कसरी यसलाई नियन्त्रण गर्ने, अकोरावले आफ्नै आचार संहिता बनाएर मर्यादित बनाउने, जिम्मेवार बनाउने, गरिमालाई उच्च बनाउने काममा तपाइहरु लाग्नुस् ।

मन्त्री गुरुङले सामुदायिक रेडियोहरुले आफुले उत्पादन गर्ने समाचार तथा कन्टेन्टहरुको विषयमा पनि नीतिगत रुपमा बहस गर्नुपर्ने बताउनुभयो । सामुदायिक रेडियोको मर्म र भावना अनुरुपको उत्पादन गर्ने एजेण्डा सामुदायिक रेडियोको हुनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘सामुदायिक रेडियोको अब कन्टेन्ट कस्तो बनाउने भन्ने कुरो तपाइहरुको मुद्दा हुनुपर्दैन ? जसले जे समाचार उत्पादन गरेपनि, जे गरेपनि, जे समाचार सम्प्रेषण गरेपनि हुने ? अनि कन्टेन्ट कस्तो हुनुपर्छ ? सामुदायिक रेडियोले आजको प्रस्तुतिमा तपाइहरुको नीतिगत रुपमा पनि आउनुपर्ने विषय हो । समाचार उत्पादन कस्तो हुनुपर्छ ? समाज रुपान्तरणका लागि, सामुदायिक रेडियोको निम्ति, समाचार उत्पादनको कन्टेन्टको एजेण्डा बनाउनुपर्ने । अनि न सामुदायिक रेडियोको मर्म, भावना अनुसार समाचार उत्पादन हुनसक्छ ।

मन्त्री गुरुङले मन्त्रालयको फ्रिक्वेन्सी समितिले राष्ट्रिय फ्रिक्वेन्सी स्ट्राटेजी प्लान बनाउने निर्णय गरेको पनि जानकारी दिनुभयो । केही समयभित्रै मन्त्रालयले सेवाग्राहीको हितमा गर्ने सम्पूर्ण कामहरु अनलाइनबाटै गर्न सकिने व्यवस्था गर्न लागेको पनि उहाँले बताउनुभयो । सामुदायिक रेडियो प्रशारक संघका देशभरका ३०० वटाभन्दा बढी सामुदायिक रेडियोहरु आवद्ध रहेको छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...