HomeFeatureसावधान: बैनाबट्टाको कागज दर्ता न गराए फसिएला

सावधान: बैनाबट्टाको कागज दर्ता न गराए फसिएला

दिल्ली, 29 सितम्बर 2021

जग्गा कारोबार जुन अनुपातमा बढ्दै गएको छ, त्यही अनुपातमा विवाद, झैझगडा, मुद्दामामिला पनि बढ्नु स्वाभाविकै हो । घरजग्गा किनबेचका लागि प्रक्रिया सुरु गरेपछि भविष्यमा कुनै पनि विवाद नआओस् भन्नेमा किन्ने बेच्ने दुवै पक्ष सचेत हुनुपर्छ । घरजग्गा किनबेचको प्रक्रिया बैना लेनदेनबाट सुरु हुन्छ । बैना लेनदेनको कागज बनिसकेपछि कारोबार पक्का भएकोमा दुवै पक्ष विश्वस्त हुन्छन् । तर यति बेला स्थिति फेरिएको छ । बैनाबट्टाको कागज लेख्दैमा त्यसले कानुनी मान्यता नपाउने भएको छ । अब दुई पक्षबीच भएको तमसुक र बैनाबट्टाको कागजात सीधै लिएर गए अदालतले हेर्ने छैन । ती कागजातले कानुनी मान्यता पाउन सरकारी कार्यालयमा अनिवार्य दर्ता गर्नुपर्छ । मुलुकी देवानी संहिता र गत असारमा अदालतले प्रतिपादन गरेको एउटा नजिरले बैनाबट्ट, घरायसी लेनदेनसम्बन्धी कागजात सरकारी निकायमा दर्ता गर्नुपर्ने व्यवस्था गरेका छन् । मुलुकी देवानी संहिताले लेनदेनको कागज दर्ता गर्नैपर्ने व्यवस्था गर्‍यो भने सर्वोच्चको नजिरले अचल सम्पत्ति किनबेच गर्दा ‘रजिस्ट्रेसन’ गरेकै हुनुपर्ने आदेश जारी गरेको छ । मुलुकी देवानी संहिता ऐनको दफा ३६ को उपदफा (२) मा ५० हजारभन्दा बढी लेनदेनको कागजात वडा कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ । त्यहाँ लेखिएको छ, ‘दस्तखत वा ल्याप्चे गर्नुपर्ने ५० हजार रूपैयाँभन्दा बढी वा सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निश्चित रकमभन्दा बढीको घरसारमा तयार भएको लिखतलाई सम्बन्धित पक्षले स्थानीय तह वा वडासमितिको कार्यालयबाट प्रमाणित गराउनुपर्नेछ । त्यसरी प्रमाणित गर्दा लिखतमा प्रमाणित गर्ने कार्यालयले सहीछाप गर्नुपर्नेछ ।’ सोही दफाको उपदफा ५ मा यसरी प्रमाणित नभएका कागजातको कुनै मान्यता वा कार्यान्वयन नहुने उल्लेख छ। त्यस्तै अब बैनाबट्टा र यसको घरसारमा तयार भएको लिखतले पनि अदालतमा मान्यता पाउने छैन । घरजग्गा पास गर्ने सहमति कागज मालपोत कार्यालयमा दर्ता गर्नुपर्छ, तब मात्रै त्यसले कानुनी मान्यता पाउँछ । तत्काल मालपोत कार्यालय पुग्न सम्भव नभए सजिलोका लागि सम्बन्धित वडा कार्यालयमा लेनदेनका रूपमा पनि दर्ता गर्न पाइने कानुन व्यवसायी बताउँछन् । यसले पैसाको लेनदेन त सुरक्षित बनाउँछ तर बैना गरेको जग्गा किनबेच हुनैपर्ने बाध्यता भने सिर्जना गर्दैन । सर्वोच्चको नजिरअनुसार बैना गरेको जग्गा लेनदेनलाई बाध्यकारी बनाउन त्यस्तो कागज मालपोत कार्यालयमा दर्ता हुनैपर्छ । सबै करार सम्झौता हुन् तर सबै सम्झौता करार होइनन् भन्ने सर्वस्वीकार्य धारणा रहेको तर्कसहित इजलासले लिखतहरूले दर्ता भएपछि मात्र करारको मान्यता पाउने ठहर गरेको छ । उक्त नजिरअनुसार अचल सम्पत्ति किनबेचको कागजातले मान्यता पाउन करार कानुनको दफा ८८ तथा मुलुकी ऐन रजिस्ट्रेसन महलको १ नम्बर अनुसार रजिस्ट्रेसन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...