सिक्किम, १४ जुलाई ( केएन शर्मा )
एक हातले धेरैलाई सहयोग गर्न सकिन्न तर धेरै हातले एकलाई सहयोग गर्ने हो भने ठूलो सहयोग हुन्छ । यस्तै उद्धेश्यले स्थापित गैरसरकारी संस्था “इच वान हेल्प वान” ले सिक्किमको मानेबुङ देन्ताम क्षेत्रको सोपाखा वाड २ मा तारा देख्ने एक झुपडीलाई एक महिनामा पुर्णनिर्माण गरि परिवारलाई सुम्पिएको छ।
गत ११ जुनका दिनमा एक गरिब परिवारलाई सहयोग गर्न पुगेको संस्था इच वान हेल्प वानको (हरेकले एकलाई मदत)ले एक लाखको घर निर्माण गर्न शुरु गरेको थियो ।
कोरोना भाइरसको महामारीमा पनि सामाजिक दूरीलाई ध्यानमा राख्दै घर निर्माण गर्ने कारिगरले पनि एक महिनाको अवधीमा नै घर निर्माण सकेर आज संस्थालाई जिम्मा गरि परिवारलाई सुम्पेको छ। यस कुशल कार्यक्रमलाई आज क्षेत्र प्रभारी पुर्णहाङ सुब्बाले रिबन काटेर उद्घाटन गर्नुभयो ।

यस कार्यक्रममा संस्थाका अध्यक्ष लातेन शेर्पा , स्थानीय पञ्चायत सभापति सदस्यलगायत गाउँलेहरुको उपस्थिति रहेको थियो । गैरसरकारी संस्थाहरुले यसरी अघि आएर सामाजिक क्षेत्रमा सहयोग पुर्याएकोमा धन्यवाद दिदै प्रभारी सुब्बाले यस महामारीमा गरिबलाई गास, बास र कपासको बढी मात्रामा सहयोग आवश्यक देखिएको बताउनुभयो ।
चुहिने झोपडीमा बस्दै आएका स्थानीय सन्चमान लिम्बुको आर्थिक स्थितिलाई मध्य नजर गर्दै संस्थासँग मिलेर सहयोग गर्ने मौका मिलेकोमा आभार ब्याक्त गर्नुभयो ।

यद्यपि सोपाखा निवासी सन्चराज सुब्बाको घर वर्तमान सिक्किम सरकारले पनि सत्र लाखमा पक्का घर बनाई दिने भएको भएता पनि केही प्रक्रियामा ढिलाइ हुने भएकाले संस्थाका प्रवर्तक लातेन शेर्पा लगायत टोलीले एक लाखको लागतमा कच्चा घर निर्माण गर्न सफल भएको क्षेत्र प्रभारी सुब्बाले थप बताउनुभयो ।
संस्थाका अध्यक्ष लातेन शेर्पाले घरलाई निर्माण गर्न कुनै सिङ्गो ब्यक्तिको सहयोग नभएर सामाजिक सहयोग रहेको बताउनुभयो। शेर्पाले घर निर्माणमा विशेषगरि पश्चिम सिक्किमको बुडियाखोप निवासी हालमा सिङ्ताममा ट्राफिक पुलिस पेमा शेर्पाले २० हजार रुपैयाँ, सिङ्तामबाट नै एक अग्रवाल परिवारले ५० हजार सहयोग गरेको र पुर्व पाक्किम निवासी रिन्जिङ भोटियाले सहल खर्च सहयोग गरेको बताउनुभयो । उहाँले विपन्नहरुलाई गरिबी अवस्था माथिको यो सहयोगलाई संस्थाको तर्फबाट सहयोग गर्ने ब्यक्तिहरुलाई (इचवान हेल्प वान) ले धन्यवाद दिएको छ ।

यसरी नै सामाजिक क्षेत्रमा सँधै अग्रसर रहने संस्था की एक सदस्य मनिता विश्वकर्माले संस्थाले गरेको यस कार्यले आफुलाई खुशी लागेको र थप जाँगर बढेको बताउनुभयो । आज संस्थाले आफ्नो आर्थिक स्थितिलाई ध्यान दिएर गरेको सहयोगप्रति लाभार्थी सन्चराज सुब्बाले खुशीको आँशु झार्दै क्षेत्र प्रभारी पुर्णहाङ सुब्बा अनि संस्थाप्रति आभार ब्यक्त गर्नुभयो ।









































