काठमाडौं , 2 अक्टूबर 2021
सिन्धुपाल्चोकमा भूकम्पको झट्का महसुस गरिएको छ। शनिबार साँझ 8 बजेर 13 मिनेटमा भुकम्पको झट्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चार दशमलव 1 म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ। सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर शनिबार साँझ भूकम्प गएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।









































