लुम्बिनी, 20 अक्टूबर 2022
गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन् ।गृहमन्त्री खाणले नेपालको एक इन्च भूमि पनि दायाँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाइहरू नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको बताए। रुपन्देहीमा बिहीबार आयोजित एक कार्यक्रममा उनले अहिले धेरै व्यक्तिले आफूलाई राष्ट्रवादी देखाउने कोसिस गरिरहेको टिप्प्णी गरे । सबैभन्दा बढी राष्ट्रवादी सीमा क्षेत्रमा बस्ने नेपाली भएको उनको भनाइ छ ।
गृहमन्त्री खाणले भने, ‘‘मुलुकको सीमानामा स्थायी बसोबास भएका, आफूहरूको घर, आँगन, जग्गा, कुलो भनेर दिनरात सीमाको रक्षा गर्ने स्थानीय सच्चा राष्ट्रवादी हुन भन्ने मेरो र सरकारको ठम्याई हो’’ । उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका दुःख, मर्का, पीडा र समस्या समाधान गर्न सरकार लागि परेको समेत जानकारी दिए ।
गृहमन्त्री खाँणले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधान गर्न सरकार लागिपरेको पनि बताए ।









































