Homeसमाचारभारतसीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने

सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने

सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने

दिल्ली, 9 जुन 2023

सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने भएको छ । परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने छ । यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार विभागको दाबी छ । १५ जेठमा परिस्कृत रुपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रुको भन्सार सुविधाअन्तरगत यस्तो नियम आएको भन्सार विभागले जनाएको छ ।

नयाँ नियम राजपत्रमा आएसँगै हामीले मातहतका कार्यालयलाई यसबारे जानकारी गरायौं, अहिले कार्यान्वयन सुरु भएको छ,’ उनले भने, ‘नेपाल-भारत सीमामा भारततर्फका बजारमा गरिने किनमेलमा एक सय रुपैयाँ भन्दा धेरै भयो भने त्यो भन्सार घोषणा गरेर मात्रै नेपाल ल्याउन पाइन्छ ।

यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने मालवस्तु जाँच पास सम्बन्धी संशोधनको ५ नम्बर बुँदामा यस्तो व्यवस्था गरिएको छ । जसमा हवाई यात्रुले ल्याउन पाउने यात्रु सुविधाका वस्तुहरुको कुनै पनि सुविधा स्थलमार्गका सर्वसाधारणलाई छैन । तर, भारतीय सेनामा काम गर्ने सैनिक अधिकारी, भारत र चीनमा पढ्न जाने विद्यार्थीलाई भने कम्प्युटर र ल्यापटप ल्याउन भने सुविधा दिइएको छ ।

विभागकाअनुसार नियमानुसार व्यक्तिगत प्रयोजनका लागि एक सय रुपैयाँसम्मका वस्तु ल्याउँदा पनि भन्सारले जाँच परीक्षण गर्नु पर्ने उल्लेख छ । तर, विभाग अन्तरगतका मातहत कार्यालयहरुले भने एक सय रुपैयाँसम्मका वस्तुहरु ल्याउन दिने तर सो भन्दा बढीको वस्तुमा भन्सार लाग्ने भन्दै सूचना जारी गरेका छन् । विभागको निर्देशन लगत्तै भैरहवा भन्सार कार्यालयले एक सूचना जारी गरेर भारतबाट नेपाल आउने यात्रुहरुले ल्याउन पाउने सामानबारे प्रष्ट्याएको छ । कार्यालयका प्रमुख भन्सार प्रसाशक मनिराम पौडेलकाअनुसार अब भारतीय बजारमा किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुको अनिवार्य भन्सार घोषणा गर्नुपर्ने छ ।

दुई देशको सीमामा भारततर्फ किनमेल गर्ने नेपाली प्रवृतिका कारण नेपालमा परेको असर कम गर्न यस्तो नियमन सुरु भएको पौडेलले बताए ।

पूर्वको ठूलो भन्सार नाका विराटनगरले पनि स्थलमार्गबाट यात्रुले गर्ने कारोबारलाई कडाइ थालेको छ । विराटनगर भन्सार कार्यालय रानीका प्रमुख ज्ञानेन्द्रराज ढकालले भन्सारमा कडाइ गरिएको बताए । एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याउनेलाई पैसा तिराइने गरेको र यस्तो कारोबारमा संलग्न नहुन माइकिङ गरेर हरेक दिन सम्झाउने काम भइरहेको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...