HomeFeatureसीमा क्षेत्रका व्यापारीहरूलाई प्रहरीले दुःख दिने गरेको राजपा नेपालको आरोप

सीमा क्षेत्रका व्यापारीहरूलाई प्रहरीले दुःख दिने गरेको राजपा नेपालको आरोप

काठमाण्डौ, 12 फरवरी 2020

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले सीमा क्षेत्रका व्यपारीहरुलाई प्रहरीले दुःख दिने गरेको बताउनुभएको छ। बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कर्णले कर तिरेर सदरमुकामबाट सामान लिएर जाने गरेको भएपनि प्रहरीले 25 किलोमिटर भित्रबाटै समातेर सीमाबाट बरामद गरेको भन्दै मुचुल्का बनाउने गरेको उहाँले बताउनुभयो। कानूनी शासनको कुराहरु जति गरेपनि देशमा त्यो भेटाउन निकै गाह्रो भएको उहाँको भनाई छ। बाराको जितपुरमा बोर्डरबाट भैसी आउने गरको भएपनि त्यहाँ क्वारेन्टाइन नहुँदा स्थानीय पशु चिकित्सालयले लेखेको भरमा देशभरी भैसी जानेको गरेको उहाँले बताउनुभयो। उहाँले जीतपुर हुँदै वीरजञ्ज पुगेपछि भैसी समातेर प्रहरीले भन्सारमा पठाउने गरेको आरोप समेत गलाउनुभएको छ। भारतबाट ल्याएको भन्दै जीतपुरबाट आएका भैसी भन्सारमा लगेर प्रहरीले दुःख दिने गरेको उहाँले बताउनुभयो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद झपड बहादुर रावलले छुवाछुत उन्मुलन गर्न दलित समूदायका लागि विशेष कार्यक्रम सञ्चालन गर्नसरकारसँग आग्रह गर्नुभएको छ। आज जन्मेका बालबालिकाहरुले जातिय उत्पिडन र छुवाछुत भोग्नुपर्ने अवस्था आउन नदिन भेदभावका विरुद्ध राष्ट्रिय जागरण अभियान सुरु गर्नुपर्ने उहाँको भनाई छ। रावलले विगतको समिक्षा, वर्तमानको आवश्यकता र भविष्यको चाहाना राख्दै जातिय उत्पिडन, वहिस्करण र छुवाछुत उन्मुलनका लागि सदनले पहल गर्नुपर्नेमा सबैको ध्यानाकर्षण गराउनुभयो। संवैधानिक र कानूनी रुपमा छुवाछुत दण्डनीय भएपनि सिद्धान्त र व्यवहारबीचको असन्तुलनका कारण समस्या उत्पन्न भएको उहाँले बताउनुभयो। देशमा दुई तिहाइको सरकार हुँदहुँदै पनि यस्तो प्रकारका समस्या देखिनु दुःखद पक्ष भएको भन्दै उहाले यसको समाधानका लागि सबै राजनीतिक पार्टीहरुले आफ्ना संगठनहरुलाई एक महिने जातिय छुवाछुत विरुद्धको अभियानमा सहभागि गराउन हाग्रह गर्नुभयो।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद मिन बहादुर विश्वकर्माले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लोकप्रिय नारा अघि सारेको भएपनि जनताले समृद्ध नेता, दुःखी नेपाली को महसुस गरिरहेको बताउनुभएको छ। सुखी नेपाली हुनलाई तीन करोड जनता, सबै जाति, धर्म, र लिंगका मानिसहरु सुखी हुनुपर्ने उल्लेख गर्दै उनले दलित अयोग, दलित विकास समितिहरुलाई विघटन गर्ने निष्कर्षमा सरकार जानु दुःख भएको बताउनुभयो।

पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्षले आफ्नो अधिकारको दुरुपयोग गर्दै दलित परिवारमाथि ज्यादती गर्दा पनि प्रहरी उजुरी लिन नमानेको उल्लेख गर्दै उहाँले आदर्शका कुरा नभएर पीडकलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सकारसँग माग गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...