सीरिया,23 दिसम्बर
सीरियाको उत्तरी गाँउको एक बजारमा विष्फोटकले भरिएको एक गाडीमा विष्फोट हुँदा 5 जनाको मृत्यु भएको छ भने कयौं व्यक्ति घाईते भएका छन । सरकारी समाचार एजेन्सी सनाका अनुसार सो आक्रमण टर्कीको सीमानजिक सुलुक गाँउमा भएको हो । सीरियामा रक्का प्रान्तको ताल अबाया नजिक रहेको सुलुकमा टर्की समर्थित विदगोही लडाकाहरुको नियन्त्रण रहेको छ ।









































