HomeFeatureसुचनाको हकको दुरुपयोगलाई रोक्नुपर्छ: सञ्चारमन्त्री पार्वत गुरुङ

सुचनाको हकको दुरुपयोगलाई रोक्नुपर्छ: सञ्चारमन्त्री पार्वत गुरुङ

काठमाण्डौ,22 मार्च 2021

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सुचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सुचना आयोगले गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरुसँग सुचनाको हक सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा गलत नियतबाट सुचनाको हकको प्रयोग गरीएकाले दुरुपयोगलाई रोक्नुपर्ने बताउनुभएको हो । सुचनाका हकका अभियन्ताहरुले नै सुचना लुकाउने गर्नाले समाजमा सुचना प्रवाह हुन नसकेको पनि उहाँको भनाई छ । सुचनाको हकको प्रयोगको नाममा समाजमा विकृति, बिसंगति तथा अराजकता ल्याउने र ठगि गर्ने गरिएको भन्दै यस्तो परिस्थितिको अन्तय गरिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘जो सुचनाको हकको अभियन्ता हुन्छन् । उसले नै सुचना लुकाइरहने काम अब नहोस् । देख्दा अभियन्ता देखिने जसले अत्यन्तै परिवर्तन र अधिकारमुखि कुरो गर्ने तर ऊ आफैँले त्यो अधिकार र व्यवहारमा नदेखाउने,जसले गर्दा हाम्रो समाज अझै पछि पर्नुपरेको । समाजले ति सुचनाहरु प्राप्त गर्न नसकेको, त्यस्तो परिस्थितिबाट हामीले हाम्रो समाजलाई रुपान्तरण गर्नुछ । सहि नियतबाट होइन, गलत नियतबाट मात्रै सुचनाको हक प्रयोग गरिरहेको हामीले देखिरहेका हुन्छौँ । केही व्यक्तिहरु खाली सुचनाको हक प्रयोग गरेर कसलाई मुद्दा हाल्नको निम्ति मात्रै त्यसको खेति एउटा पंक्ति म त्यस्तो पनि देख्छु । उसको काम नै सुचनाको हक प्रयोग गर्ने अनि कसको निम्ति मुद्दा हाल्ने भनेर मात्रै हिडिरहेका । अनि उसलाई मुद्दा हाल्ने, बार्गेनिङ गर्ने । सुचना प्राप्त गरेपछि बार्गेनिङ गर्ने र लेनदेनको कुरा गरेर एकथरीको त्यस्तो खेति गर्ने । यो खेतिको व्यवसायमा लागेका व्यक्तिहरुको पहिचान गरेर यस्ता विचौलियाहरुलाई पनि व्यवस्थापन गर्नुप¥यो । समाजमा जहिल्यै विकृति ल्याउने, बिसंगति ल्याउने, समाजमा अराजकता ल्याउने अनि ठगि गर्ने । सुचनाको दुरुपयोग गरेर व्यक्तिहरुलाई आर्थिक लेनदेनको बार्गेनिङ गर्ने यो परिस्थितिको हामीले अन्त्य गर्नुपर्छ ।’

मन्त्री गुरुङले सञ्चारकर्मीहरुले पनि सकारात्मक सुचना दिनेभन्दापनि समाजलाई अप्रिय घटना घटाउने खालका सुचना दिने र व्यक्तिको सुचनालाई मानव अधिकारविपरित प्रयोग गर्ने गरेकाले त्यसलाई पनि अन्त्य गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘कतिपय सञ्चारकर्मीहरुको पनि त्यही पेशाहरु हामी देखिरहेका छौँ । सञ्चारकर्मीहरुले पनि असल सुचना दिने, सकारात्मक सुचना दिने, समाजलाई रुपान्तर गर्ने काममा होइन । समाजलाई त्रसित बनाउने, समाजलाई अप्रिय घटना घटाउनको निम्ति सुचना दिने र कोही व्यक्तिको सुचनालाई, सुचनाको हकलाई पनि मानव अधिकार बिरोधीको रुपमा पनि प्रयोगहरु भएको छ । यस्तो कुरालाई कसरी अन्त्य गर्ने ? यो कुरोप्रति हामीले राष्ट्रिय सुचना आयोग सचेत रहोस्,जिम्मेवार रहोस्, अत्यन्तै पारदर्शी बनाओस् । समाजलाई उत्तरदायी, जवाफदेही बनाउने, जिम्मेवार बनाउने काममा राष्ट्रिय सूचना आयोगले आफ्नो कदमहरु अगाडी बढाओस् ।’

मन्त्री गुरुङले सुचनाको हकको गलत प्रयोगप्रति राष्ट्रिय सुचना आयोग सचेत रहनुपर्ने बताउनुभयो । समाजलाई उत्तरदायी, जवाफदेही र जिम्मेवार बनाउन आयोगको भुमिका हुनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...