25 अक्तूबर 2021
सुदूरपश्चिमका २ ब्याडमिन्टन खेलाडीले भारतीय प्रतियोगिता जितेका छन्। भारतको उत्तराखण्डस्थित पिथौरागढमा सम्पन्न ब्याड्मिन्टन टुर्नामेन्टको चौथो संस्करणको उपाधि बैतडीका सुरेन्द्र कार्की र महेश भट्टले हात पारेका हुन्। कार्की नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय, अत्तरियामा कार्यरत छन् भने भट्ट पाटन नगरपालिकामा कार्यरत छन्। उनीहरुले फाइनलमा भारतीय खेलाडी भरत देउपा र शेखर पुनेडाको जोडीलाई पराजित गरेका थिए। प्रतियोगिताको ‘३५ प्लस मार्टर्स’ समूहमा नपाली खेलाडी कार्की र भट्टले २१–१६ र २१–९ को सोझो सेटमा भारतीय खेलाडीलाई पराजित गरेका थिए।









































