HomeFeatureसुदूरपश्चिमको कन्चनपुरसँग सीमा जोडिएको भारतको उत्तराखण्डमा गाडी दुर्घटना, १३ जनाको मृत्यु

सुदूरपश्चिमको कन्चनपुरसँग सीमा जोडिएको भारतको उत्तराखण्डमा गाडी दुर्घटना, १३ जनाको मृत्यु

1 नवम्बर 2021

सुदूरपश्चिमको कन्चनपुरसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडीको दुर्घटना भएको छ। बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। आइतबार बिहान देहरादुनस्थित चकराता त्यूणी सडकमा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको अन्तराष्ट्रीय समाचारले जनाएको छ। बोलेरो गाडीमा १५ जना सवार थिए। जसमध्ये दुई जनाको उद्धार गरिएको छ। गम्भीर अवस्थामा रहेका उनीहरूको देहरादुन अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले गाडी चकराताको बायला गाउँबाट विकास नगर जाँदै थियो जनाए। गाउँबाट हिँडेको केही समयमै गाडी अनियन्त्रित भई सडकबाट खसेको थियो। यस घटनाको अनुसन्धान गर्नका लागि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले निर्देशन दिएका छन्। साथै क्षमताभन्दा बढी भार राखेर गाडी नचलाउन  र चलाउनेलाई कारबाही गर्न पनि उनले निर्देशन दिइए। जिल्ला अधिकारीका अनुसार गाडीमा ओभरलोड भएकाले आइतबारको दुर्घटना भएको बताए। ‘त्यो लोकल गाडी हो र ओभरलोडका कारण दुर्घटना भएको देखिन्छ। प्रहरी अधिकारी तथा उद्दारकर्ताहरू खोजतलासको लागि घटनास्थल पुगेका छन्,’ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...