धनगढी, 19 जुन 2020, हिम शाह
सुदूरपश्चिममा थप 12 जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप 12 जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका सात, डोटीका चार र कञ्चनपुरका एक जनामा कोरोना पोजेटिभ देखिएको छ । कैलालीको गोदावरी नगरपालिकाका 4, बर्दगोरीयाका दुई र जानकीका एक, बडिकेदार डोटीका चार जना र कञ्चनपुरको पुनर्वासका एकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।










































