धनगढी, 14 जुन 2020, हिम शाह
सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा शनीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार थपिएका संक्रमित मद्ये कैलालीका २ बर्षिय बालिका, ४६ बर्षिय पुरुष, अछामका २३, ३१ र २७ बर्षिय पुरुष र डोटीका २१ बर्षिय महिला र २८, ३० र ३७ बर्षिय पुरुष रहेका छन ।










































