HomeFeatureसुशान्त सिंह राजपूत आत्महत्या प्रकरणः औषध नियन्त्रण ब्यूरोद्वारा रिया चक्रवर्ती पक्राउ

सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणः औषध नियन्त्रण ब्यूरोद्वारा रिया चक्रवर्ती पक्राउ

नयाँ दिल्ली, 8 सेप्टेम्बर

बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या मामिलामा अभियुक्त मानिएकी रिया चक्रवर्ती पक्राउ परेकी छिन । लागू औषध नियन्त्रण ब्यूरो NCB को टिमले रिया चक्रवर्तीलाई पक्राउ गरेको हो । सुशान्त सिंह राजपूतको आत्महत्याको मुद्धामा केन्द्रीय अनुसन्धान ब्युरोले जाँच गर्न थालेपछि यसमा लागु औषधको मामिला पसेको थियो । जहाँ रिया चक्रवर्ती लागु औषधको सेवन गर्नुका साथै त्यसको कारोबार पनि गर्ने गरेको खुलासा भएको थियो । NCB ले पछिल्लो 2 दिनदेखि रियासँग सोधपुछ गरिरहेको थियो । आजपनि NCB ले रियालाई सोधपुछका लागि मुम्बईस्थित आफ्नो कार्यालयमा बोलाएको थियो । रिया चक्रवर्ती स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतकी प्रमिका थिइन । सुशान्त सिंह राजपुतको शव गत 14 जुन 2020 मा मुम्बइको बान्द्रा पश्चिमस्थित आफ्नो फ्लैटमा आत्महत्या गरेको अवस्थामा फेला परेको थियो । मुम्बइ पुलिसले उनले आत्महत्या गरेको बताउदै आएपनि रियाका आफन्तजन र समर्थकहरुले उनको हत्या गरिएको भन्दै केन्द्रीय अनुसन्धानको माग गर्दै आएका थिए । समर्थकहरुले आत्महत्या मामिलामा रिया चक्रवर्ती नै दोषी भएको हुनुपर्ने आरोप लगाउँदै आएको थियो । घटनाको छानविन शुरु भएपछि सबै अनुसान्धान एजेन्सीले पहिलो आशंका रिया चक्रवर्तीमाथिनै अनुसन्धान केन्द्रीत गरेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...