HomeFeatureसूचना सञ्चार क्षेत्रमा भएका विकासको व्यवहारमा अभ्यास गर्न पाएको अधिकारलाई न्यूनीकरण गर्न...

सूचना सञ्चार क्षेत्रमा भएका विकासको व्यवहारमा अभ्यास गर्न पाएको अधिकारलाई न्यूनीकरण गर्न नहुने: पम्फा भुसाल

काठमाडौं, 29 सितम्बर 2021

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सूचना सञ्चार क्षेत्रमा भएका विकासको व्यवहारमा अभ्यास गर्न पाएको अधिकारलाई न्यूनीकरण गर्न नहुने बताउनुभएको छ । बुधबार काठमाडौंमा केबल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेला उद्घाटन गर्दै उहाले आन्दोलनबाट प्राप्त गरेको महत्वपूर्ण हक सूचना र सञ्चार पनि रहेको भन्दै यस क्षेत्रको अधिकारलाई न्युनिकरण गर्न नहुने बताउनुभएको हो । उहाले केबलका बिषयमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्ने बताउनुभयो ।  समग्र निजी क्षेत्रलाई विश्वासमा लिएर नै विकासका गतिविधि अगाडि बढाउने सरकारको नीति भएको स्पष्ट पार्नुभयो । व्यवसायीका पेसागत जीवनमा परेका समस्यालाई राज्यले सकारात्मक ढङ्गले ग्रहण गर्ने उहाको भनाई छ । त्यस्तै केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माले बिधुत प्राधिकरणले पोल भाडा बढाइएको भन्दै व्यवसायीहरु नै संकटमा पर्ने बताउनुभयो । पोल भाडा, गैरकानुनी प्रसारण तथा क्लिनफिडलगायत विविध समसामयिक विषयमा पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उहाको गुनासो छ । त्यस्तै डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होममा प्रवन्ध निर्देशक सुदीप आचार्यले टेलिभिजन प्रदायक संस्थाको समस्यालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने धारणा राख्नुभयो । घर घरमा सहज रुपमा टेलिभिजन च्यानल पुराउन नसके यस क्षेत्रका उद्योग नै धरापमा पर्ने उहाको भनाई छ । उहाले स्वदेशी व्यवसायीको घाटी निमोठ्ने र बिदेशी व्यवसायीलाई खुलमखुल्ला छाड्ने नीतिलाई सरकारले उचित सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । महासङ्घले केबल टेलिभिजन सञ्चालनका क्रममा राज्यले अङ्गीकार गर्ने अस्थिर नीतिका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै गैरकानुनी प्रसारण बन्द गर्नुपर्ने र  प्रसारण क्षेत्रलाई कानुनबमोजिम करको दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ । महासङ्घले नेपालका सम्पूर्ण केबल टेलिभिजन व्यवसायको संरक्षण तथा प्रवद्र्धनका निम्ती राज्यले अविलम्ब उचित निर्णय नगरे सम्पूर्ण केबल टिभी व्यवसाय नै बन्द हुने जनाउँदै सरोकारवालासँग छलफल गरेर मात्र पोल भाडा निर्धारण गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...