कञ्चनपुर/ 23 जुन
सूदुरपश्चिम प्रदेशमा थप 49 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप 49 जनामा कोरोना पुष्टि भएको हो। योसँगै सूदुरपश्चिममा कोभिड-19 बाट संक्रमित हुनेको सङ्ख्या 1 हजार 210 पुगेको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढीमा गरिएको परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका 15 महिला र 28 पुरुष गरि 44 जना, भजनीकी 18 वर्षीया युवती र कैलालीकी 42 वर्षीया महिलामा कोरोना पुष्टि भएको हो। त्यसैगरी कञ्चनपुरको बेलौरी, बाजुरा र बझाङका 1/1 जना पुरुषमा कोरोना पुष्टि भएको उहाँले बताउनुभयाे। यससँगै सूदुरपश्चिममा सङ्क्रमितको सङ्ख्या 1 हजार 210 पुगेको छ।
अहिलेसम्म सबैभन्दा बढी कैलालीमा 387, डडेल्धुरामा 204, बैतडीमा 156, डोटीमा 161, कञ्चनपुरमा 109, अछाममा 82, बाजुरामा 73, बझाङमा 25 र दार्चुलामा 12 जनामा कोरोना पुष्टि भएको छ।
कोरोना भाइरसको संक्रमणबाट सूदुरपश्चिममा 5 जनाको ज्यान गइसकेको छ, भने 165 जना निको भएर घर फर्किएका छन्।









































