माली, 19 अगस्त 2020
‘ सैन्य कू ’ पछि पश्चिम अफ्रीकी देश माली मा ‘ सैन्य कू ’ पछि त्यहाँका राष्ट्रपति इब्राहिम बोबुकार केइताले पदबाट राजिनामा दिनुभएको छ । उहाँले हिजो राति सरकारी टेलिभिजनमा राजिनामा घोषणा गर्नुभएको छ ।
राजिनामा दिनुअघि सेनाले राष्ट्रपतिलाई बन्धक पनि बनाएको थियो । पछिल्लो 2 महिनाअघिदेखि चलिरहेको सरकार विरोधी प्रदर्शनपछि हिजो भएको नाटकीय घटनाक्रमले राष्ट्रपति केइतालाई निर्धारित कार्यकालभन्दा 3 वर्षपहिलेनै पद छोडन विवश गराएको छ । राष्ट्रीय टेलीभिजनमा सम्बोधन गर्दै राष्ट्रपतिले राजिनामा तत्काल लागु हुने बताउनुभयो ।









































