HomeFeatureस्थानीय तहको निर्वाचणको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरुद्वारा (डि.एस. ए.)...

स्थानीय तहको निर्वाचणको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरुद्वारा (डि.एस. ए.) घोषणा

काठमाडौं, 12 फरवरी 2022

स्थानीय तहको निर्वाचणको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरुले डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स (डि.एस. ए.) घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक एकता पार्टी, नेकपा समाजवादी, नेपाल दलीत पार्टी, जनवादी मोर्चा नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, गणतान्त्रिक संयुक्तमोर्चा नेपाल र नेकपा राष्ट्रवादी पार्टीले संयुक्त रुपमा डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्सको घोषणा गरेका हुन् ।  देशमा भ्रष्टचार र कुशासन बढेको साथै सरकारमा रहेका राजनीतिक दलहरुले नेपाली जनतामा खुसी ल्याउन नसकेको भन्दै एलायन्सको घोषणा गरिएको एलायन्सका अध्यक्ष सिबी गहतराजले बताउनुभयो । साथै, एलायन्स अहिले विद्यमान नेकपा (एमाले), नेकपा माओवादी र नेपाली काँग्रेसको वैकल्पीक शक्तिको रुपमा आउने उहाको दाबी थियो । उहाले निर्वाचन आयोगले साना दलहरुलाई स्वतन्त्र रुपमा चुनाव लड्नुपर्ने कानुन रहेको भन्दै उक्त ऐनलाई यथाशिघ्र खारेज गर्न माग गर्नुभयो । उक्त ऐनको विरुद्धमा आफुहरुले सर्वोच्च अदातलमा मुद्दा हाल्न लागेको पनि जानकारी दिनुभयो । त्यस्तै नेकपा समाजवादीका अध्यक्ष राजु कार्कीले नेपालमा राजनीतिक संस्कारको विकास नै नभएको भन्दै राजनीतिक संस्कारको विकास गर्नको लागि आफूहरुले एलायन्सको आवश्यकत्ता देखेर गठन गरेको बताउनुभयो । गणतान्त्रिक संयुक्त मोर्चा नेपालका संयोजक सुशिल राजवंशीले एलायन्स सरकारमा जानको लागि नभएर जनताको आवस्यकत्ता पूरा गर्न बनेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...