25 जनवरी 2022
कोभिड-१९ सक्रमणको तेश्रो लहर फैलिएपछि भारतबाट स्वदेश फर्किएका नेपालीहरू फेरी भारत तिरै फर्कन थालेका छन् । नेपालमा आम्दानीको स्रोत नभएपछि कोभिड-१९ महामारीकै बिच दैनिक सयौँ सुदूरपश्चिमेलीहरू भारत पस्न बाध्य भएका छन् । गाउँशहरमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न सहर जाने क्रम बढेको छ भने अहिले यहाँको मुख्य नाका गौरीफन्टाबाट भारत पस्नेको दिनहुँ भिड लाग्ने गरेको छ । स्वदेशमा रोजगारीका कुनै पनि अवसर नभएपछि फेरि ज्यानको बाजी राखेर पुन: भारत जानुपर्ने बाध्यता भएको उनीहरूको दुखेसो छ । यहाँका नौ जिल्लामध्ये सबैभन्दा बढी अछाम, बाजुरा तथा डोटीका नागरिक कामका लागि बढी भारत पस्ने गरेका छन् ।









































