HomeFeatureस्वदेश फर्किन भारतका विभिन्न स्थानबाट पलिया पुगे 15 सय नेपाली

स्वदेश फर्किन भारतका विभिन्न स्थानबाट पलिया पुगे 15 सय नेपाली

कैलाली, 20 मई 2020/ हिम शाह

स्थानिय सरकारको प्रयासमा भारतबाट नेपालीहरू स्वदेश फर्किरहेका बेला समन्वय बिना नेपाल जान हिडेका नेपालीहरू अलपत्र पर्न थालेका छन्। भारतमा रहेका विभिन्न राजनीतिक दलका जनवर्गीय संगठनको पहलमा स्थानिय सरकारलाई दवाब सृजना हुँदा अहिले नेपालीहरु धमाधम स्वदेश फर्किन पाइरहेका छन्, तर स्थानीय निकायसँग सम्पर्कनै नगरी नेपाल जान भनि निस्केकाहरू भने सीमामै अलपत्र पर्न थालेका छन्।

भारतको विभिन्न स्थानबाट नेपाल जानको लागि आएका करिब 1 हजार 5 सय नेपाली मजदुरहरू अहिले कैलाली जिल्लाको सीमावर्ती क्षेत्र गौरीफन्टा नाका पुगेका छन्। हिजो साँझ सीमा नाका पुगेपनि नेपाल सरकारले आफुहरूलाई स्वदेशी भूमीमा टेक्न नदिएको भारतको जयपुरबाट आएका राजन विकले बताए। गत सोमबार एउटा बस रिजर्भ गरेका जयपुरबाट आएका हौँ, उनले भने, हामी 35 जनाको संख्यामा छौँ, महिला पनि छन्, बालबच्चा पनि छन्, यहाँ क्वारेन्टिनको व्यवस्था राम्रो छैन्, खाना-पानी पनि दिएको छैन्। नेपाल सरकारले हाम्रो छिटोभन्दा छिटो उद्धार गरोस् उनि भन्छन्। अछाम जिल्लाका उनि भन्छन्, “यहाँ एउटै हलमा धेरै संख्यामा मनिसहरूलाई राखिएको छ, कोरोना संक्रमणको खतरा छ। हामीहरूलाई नेपाल भित्र्याइयोस्, हामी नेपालमै आफ्नो क्वारेन्टिन बस्न तयार छौँ।”

भारतका विभिन्न स्थानबाट बस तथा ट्रक मार्फत अहिलेसम्म 1 हजार 5 सय बढी नेपालीहरू पलिया पुगिसकेका छन्।  मजदुरहरूको आउने क्रम अझै जारी छ। उनिहरुले स्थानीय प्रशासनसँग उद्दारको लागि गुहार लगाएका छन्।

यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा पलियामा रहेका साढे 9 सय मजदुरको उद्दार गरिएको थियो। अहिले सीमा क्षेत्रमा पुगेकाहरूलाई पनि उद्दार गर्ने तयार भइरहेको तर सीमा नाकाबाट गन्तव्य पुऱ्याएर क्वारेन्टिन राख्ने व्यवस्था सम्बन्धित स्थानीय तह र प्रदेश सरकारले गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...