HomeFeatureस्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारमा कारबाही गर्न काँग्रेसको माग

स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारमा कारबाही गर्न काँग्रेसको माग

काठमाण्डौ, 15 जुलाई 2020

नेपाली काँग्रेसले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानविन गरी कारबाही गर्न माग गरेको छ । नेपाली कांग्रेस कोभिड १९ अनुगमन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो । समितिका संयोजक प्रकाससरण महतले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको पाइएकाले छानविन गरी कारबाही गर्न माग गरिएको बताउनुभयो । उहाँले क्वारेन्टाइन केन्द्रहरु मापदण्ड अनुरुप नचल्दा संक्रमण फैलने दर बढेको भन्दै मापदण्ड अनुसारका क्वारेन्टाइन निर्माण गर्न माग गरिएको बताउनुभयो । पीसीआर परीक्षणको दायरा तत्काल बढाउन र परीक्षण किटको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । निजी क्षेत्रलाई पनि पीसीआर किट आयात गर्न र परीक्षण गर्न दिन माग गरिएको महतले बताउनुभयो । देशभित्र पीपीई लगायतका स्वास्थ्य सुरक्षा समाग्री उत्पादन गर्न प्रोत्साहन गर्न र सम्भावित संक्रमणको विस्तारलाई ध्यानमा राखेर अत्यावश्यक स्वास्थ्य सामग्रीको सुनिश्चितता गर्न समेत कांग्रेसले माग गरेको छ । संयोजक महतले स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरुको बीमा गर्न समेत माग गर्नुभयो । उहाँले पटक पटक कर्मचारीको सरुवा गर्ने प्रवृतिले पनि कोभिड १९ को उपचारमा समस्या आएकोले सरकारलाई गम्भिर हुन आग्रह गर्नुभयो ।

सरकार जिम्मेवार नभएकाले कोभिड १९ व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले मात्रै लिनुपरेको महतले बताउनुभयो । नेपाली कांग्रेसको नेतृत्व रहेका स्थानीय तहमा सरकारले आफ्ना कार्यकर्ता सम्मिलित उपभोक्ता समिति बनाई सिधै बजेट पठाएर काम गरेको पाइएको उहाँले बताउनुभयो । कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई समान्य अवस्थामा ल्याउन सरकारले कुनै काम गर्न नसकेको निष्कर्ष पनि कांग्रेसले गरेको छ । आर्थिक संकटमा परेका कृषि, यातायात, पर्यटन, निर्माण उद्योग, व्यापार व्यवसाय लगायतका साना तथा मझौला व्यवसायलाई सुचारु गरी रोजगारीका अवसरहरु कायम गर्न र राहतको प्याकेजको व्यवस्था गर्न समेत माग गरिएको महतले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले महामारी व्यवस्थापनको नेतृत्व लिन नसकेको निष्कर्ष निस्किएको महतले बताउनुभयो । समुदायमा गई ट्रेसिङ र ट्रयाकिङ गरी परिक्षणको दायरा बढाउन पर्नेमा क्वारेन्टाइनमा रहेकाहरुलाई मात्रै परिक्षण सिमित गरेको पाइएको महतले बताउनुभयो । बढ्दो आत्महत्या र मातृ मृत्युदर, घरेलु हिंसा तथा कोभिड १९ बाहेकका अन्य स्वास्थ्य सेवामा देखिएको समस्या समाधान गर्न समेत कांग्रेसले माग गरेको छ । नियमित खोप कार्यक्रमलाई निरन्तरता नदिदा बाल मृत्युदर बढेको निष्कर्ष कांग्रेसको छ ।

विदेशबाट बेरोजगार भई फर्केका र देशभित्रै बेरोजगार भएकाहरुलाई गाउँगाउँमा रोजगारी सुनिश्चित गर्न र न्यूनतम आम्दानीका लागि काम दिने व्यवस्था गर्न पनि माग गरेको छ । कोभिड १९ बाट आहत भएका उद्योग व्यवसायहरुलाई बैंकहरु मार्फत ब्याजमा राहत, सावाँ ब्याजको भुक्तानीमा थप समयको व्यवस्था लगायतका उपायहरु अवलम्बन गर्न समेत माग गरेको छ । भौतिक दुरी कायम गरी सार्वजनिक यातायातलाई सञ्चालन गर्न यातायात व्यवसायीहरुसँगको छलफलको आधारमा आवश्यक सुरक्षा सामग्री, मास्क तथा राहतको व्यवस्था गर्न समेत माग गरेको छ ।

शिक्षा क्षेत्रमा देखिएको शैक्षिक अन्यौल समाप्त पार्न संक्रमणको यथार्थ मूल्याङ्कनको आधारमा समुचित सुरक्षा व्यवस्था सुनिश्चित गरी एक भन्दा बढी सिफ्टमा माध्यमिक विद्यालय, कलेज, विश्वविद्यालय सञ्चालन गर्ने व्यवस्था गर्न समेत कांग्रेसले माग गरेको छ । रोकिएका सबै तहका परीक्षहरु थ्प परिक्षा केन्द्रको व्यवस्था गरी सुरक्षित रुपमा सम्पन्न गर्ने प्रबन्ध मिलाउन समेत माग गरेको छ । कृषि बाली लगाउने समय भएकाले कृषकलाई आवश्यक बिउबिजन, मलखादको सुलभ र सहुयितपूर्ण व्यवस्था तत्काल मिलाउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...