Homeसमाचारखेलकुदहङकङलाई नेपालले दियो २१४ रनको लक्ष्य

हङकङलाई नेपालले दियो २१४ रनको लक्ष्य

हङकङलाई नेपालले दियो २१४ रनको लक्ष्य

काठमाडौं, 20  अक्टोबर 2023

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले कुशल मल्लको उत्कृष्ट ब्याटिङमा हङकङसामु २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १३ रनको योगफल तयार पारेको हो।

नेपालका लागि कुशल मल्लले ४२ रनको सर्वाधिक रन जोडे। ४१ बलको सामना गरेका कुशलले ३ चौका र ९ छक्का हाने।

दीपेन्द्रसिंह ऐरीले ५२ रन थपे। आशिफ शेखले २० तथा कप्तान रोहित पौडेलले ११ रन बनाए।

ओपनर कुशल भुर्तेल २ रनमा एलबीडब्ल्यू धरापमा परे। सोमपाल कामीले ८ रन थपे। कप्तान रोहित पौडेल ११ रन बनाउँदा बोल्ड आउट भए। हङकङका लागि हारोन हर्सद र मोहम्मदले समान २/२ विकेट लिए। हङकङले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

जारी टी–२० सिरिजमा नेपालले दुई खेल जितेको छ। नेपालले गत बिहीबार हङकङलाई ६ विकेट र गत बुधबार यूएईलाई ७ विकेटले हराएको हो।

भोलि आइतबार हङकङ र यूएईबीच प्रतिस्पर्धा हुँदै छ भने पर्सि सोमबार नेपाल र यूएई तथा बुधबार हङकङ र यूएई भिड्दै छन्। अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीबीच शुक्रबार फाइनल खेल हुनेछ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...