HomeFeatureहन्ड्रेड समूहद्वारा समस्यामा परेका मानिसहरुलाई निःशुल्क खाना वितरण

हन्ड्रेड समूहद्वारा समस्यामा परेका मानिसहरुलाई निःशुल्क खाना वितरण

काठमाडौं, 31 अगस्त 2020

हन्ड्रेड समूहले काठमाडौंको खुलामञ्च स्थित बसपार्कमा निषेधाज्ञाका कारण समस्यामा परेका मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन भए देखि नै यो समुहले उपत्यकाका विभिन्न ठाउँमा खाना खुवाउँदै आएको थियो । पछिल्लो समय निषेधाज्ञा जारी भएपछि भने काठमाडौंको खुला मञ्चमा खाना खुवाउँदै आएको छ । सोमबार पनि दिउँसो चार बजेपछि हन्ड्रेड समुहले खुलामञ्च पुगेर खाना खुवाएको हो। खाना खानका लागि दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएका मानिसहरु दिउसो ३ नबज्दै खुलामञ्च पुगेका थिए । खाना खान बालबालिका देखि युवा र वृद्धहरु समेत पुगेका छन् ।

बसपार्क रहेको स्थानमा मानिसहरु लाइनमा बसेर खाना खाने व्यवस्था मिलाइएको छ । केही युवाहरुले खाना खाने ठाउँलाई निसंक्रमण गर्ने काम लिन्छन भने केही युवाहरु खाना वितरण गर्छन् । एक दिनमा ५ सय भन्दा बढी मानिसहरुले पेटभरी खाना खान पाउँछन् । सोमबार भने खाना खाने विषयमा केही युवाहरु बीच झडप भएको छ। खाना खान आउने केही युवाहरुले खाना खुवाउने समुहसँग विवाद झिक्दा झडप हुन पुगेको थियो । तर पनि खाना खुवाउने काम भने रोकिएन । विवाद गर्न आउनेहरु शान्त भएपछि युवाहरुले खाना खान आउने मानिसहरुलाई खाना खुवाए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...