HomeFeatureहाम्रो स्वाभिमान महिला समितिले दिल्लीमा कुष्ठरोगीहरुसँग यसरी बाढ्यो खुशी, न्यानो कपडा पनि...

हाम्रो स्वाभिमान महिला समितिले दिल्लीमा कुष्ठरोगीहरुसँग यसरी बाढ्यो खुशी, न्यानो कपडा पनि वितरण

नयाँ दिल्ली, 9 जनवरी 2021

जाडो याममा कोही पनि गरिबहरुले चिसोका कारण ज्यान गुमाउनु नपरोस भन्ने उद्धेश्यका साथ हाम्रो स्वाभिमानले न्यानो कपडा वितरण गर्ने गर्दछ । यस वर्ष पनि हाम्रो स्वाभिमानको दिल्ली महिला समितिले दिल्लीको छुट्टा स्थानमा न्यानो कपडा वितरण गरेको छ । समितिले कोभिड महामारीलाई ध्यानमा राख्दै यो वर्ष न्यानो कपडाको साथमा फेस मास्क पनि वितरण गरेको छ ।

शुक्रवार समितिका पदाधिकारीहरु लाजपत नगरको सत्य जीवन कुष्ठ आश्रम र आर. के पुरमको जीवन दीप कुष्ठ आश्रममा पुगेर कुष्ठरोगीहरुलाई न्यानो कपडा वितरण गरेका हुन । दिल्लीमा लगातारको वर्षापछि बढेको चिसोलाई ध्यानमा राख्दै उनिहरुले न्यानो कपडा वितरण गरेका हुन । जानकारीका अनुसार महिला रोगीहरुलाई 1 सयवटा न्यानो सल र पुरुष रोगीहरुलाई न्यानो स्वेटर र सबैलाई मास्क वितरण गरिएको जनाइएको छ ।

हाम्रो स्वाभिमान दिल्ली महिला समितिले मानव समाजका गरिब र असहायलाई सहयोग गर्नु हामी सबैको दायित्व पनि भएकाले हाम्रो स्वाभिमान निरन्तर सेवामा लागिरहेको र उसले आफ्नो सेवाका हातहरु अभियान अन्तर्गत दीनदुखीको सेवा गर्दै आएको छ भने अहिले पनि यसरी अगाडी आएर असहायको सहयोगमा लागेको बताएको छ । रोगकै कारण उनिहरुलाई केही वर्गले अपमानित समेत गर्ने भएकाले आफुहरुले उनिहरुसँग पुरै दिन बिताएर आत्मियता प्रकट गरेको देख्दा उनिहरुले पनि आनन्द महसुस गरेको समितिकी एक सदस्यले बताएकी छन ।

न्यानो कपडा पाएपछि उनिहरु कुष्ठरोगीहरु निकै खुशी भएको समितिका पदाधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...