नयाँदिल्ली, १५ फरवरी, २०२०
भारतका चर्चित फेशन डिजाइनर वेन्डेल रोडरिक्सको हृदयघातका कारण ५९ वर्षको उमेरमा निधन भएको छ । उनको असामयिक निधनमा पूरा बलिउड शोकमग्न छ । इको–फ्रेन्डली फेशनका लागि चर्चित वेन्डेलबारे हामी यस्ता केही जानकारी दिँदै छौं जसबारे सायद तपाईंलाई थाहा नहोला ।
वेन्डेल रोडरिक्सको जन्म गोवाको क्याथोलिक परिवारमा भएको थियो तर उनी मुम्बईमा हुर्के बढेका थिए ।
वेन्डेलले लस एन्जेलिस र पेरिसमा आफूले कमाएर जम्मा गरेको पैसाले फेशन डिजाइनिङको पढाई गरेका हुन् । उनले सन् १९९० मा आफ्नो पहिलो कलेक्सनलाई शोकेस गरे । तत्पश्चात उनलाई गुरु अफ मिनिमालिजमको उपाधि दिइयो । वातावरण अनुकुल र दिगो फेशनको कुरा गर्ने पहिलो व्यक्तिमध्ये उनी पनि एक हुन् । उनले सन् १९८९ मा आफ्नो फेसन ब्रान्ड सार्वजनिक गरे र उनले सन् २०१६ मा अवकाशको घोषणा पनि गरे ।
वेन्डेललाई भारतको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट सन् २०१४ मा सम्मानित गरियो । वेन्डेलले रिजोर्ट वेअरको कन्सेप्टलाई अघि बढाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।
वेन्डेल विभिन्न सामाजिक मुद्दाको विषयमा सक्रिय थिए र समलिङ्गी अधिकारका लागि निकै मुखर थिए ।
‘फ्यान’ फिल्मबाट चर्चामा आएकी वलूशा डिसूजाले मोडलको रुपमा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । वेन्डेललाई श्रद्धाञ्जली दिने बेला वलूशाले आफ्ना सुरुवाती दिनलाई याद गरिन् । उनले भनिन्, ‘आज जे छु, त्यसका लागि तपाईंप्रति निकै कृतज्ञ छु । तपाईंले १६ वर्षको उमेरमा मेरो क्षमता पहिचान गर्नुभयो र त्यसपछि तपाईंले मेरो साथ कहिले पनि छोड्नुभएन ।’ फ्यानमा शाहरुख खानको मुख्य भूमिका छ । वेन्डेलका लागि अर्जुन रामपालकी पूर्व श्रीमतीले मोडलिङ पनि गरेकी थिइन् । अर्जुन रामपालकी पूर्व प्रेमिका मेहर जेसियाले वेन्डलका लागि मोडलिङ गरेकी थिइन् । उनले याद गर्दै लेखिन्, ‘यो स्तब्ध पारिदिने खबर हो ।









































