HomeFeatureहैदराबादबाट एक 28 वर्षीय नेपाली महिला बेपत्ता, छोरा र छोरीको बेहाल, सीसीटीभीमा...

हैदराबादबाट एक 28 वर्षीय नेपाली महिला बेपत्ता, छोरा र छोरीको बेहाल, सीसीटीभीमा देखिए पनि भेटाउन मुश्कील

हैदराबाद, 8 जुन 2021

भारतको तेलङ्गाना राज्यको हैदराबादबाट एक 28 वर्षीया नेपाली महिला बेपत्ता भएकी छिन । अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका वडा नम्बर 8 का हरि धमलाकी श्रीमती सृजना देवकोटा धमला 1 जनवरी 2021 का दिन घरबाट बेपत्ता भएपछि पुरै परिवार खोजीमा भौतारीरहेको छ । हैदराबादको सेन्दीकोलुनीमा बस्दै आएका हरि धमलाकी 28 वर्षीय श्रीमति सृजना धमला एक्कासी घरबाट केही नभनेर निस्केपछि पुरै परिवार चिन्तामा डुबेको छ । उनि घर छोडेर गएपछि 11 वर्षीया छोरी र 7 वर्षीय छोराले आमालाई खोजीरहेको हरि धमलाले बताएका छन । जानकारीका अनुसार सृजना धमला 1 जुनको दिन दिँउसो 2 बजे घरबाट निस्केकी हुन ।

घरभन्दा 2 किलोमिटर टाढा एक बजारमा काम गर्ने हरि धमला त्यस दिन घरमै रहेका थिए । उनको घर नजिकै महिलाका दाजु-भाउजु पनि बस्ने गर्दथे । सृजना प्राय दाजुको घरमा जाने गर्दथिन । 1 जुनका दिन पनि उनि दाजुको घर गएकी होलिन भनेर हरि धलमा निर्धक्क भएर बसेका थिए । तर साँझ 4 बजेसम्म पनि उनि घर नाएपछि हरि सृजनाका दाजुको घर गएर खोज खबर गर्दा त्यता नआएको थाहा पाए । त्यसपछि पनि हरिले श्रीमति चिनजानका अन्य कसैको घरमा गएको हुन सक्ने अनुमान गर्दै एक दिन उनि आउने बाटो कुरेका थिए । तर अर्को दिन सम्म पनि उनि फर्केर नआएपछि पुरै परिवार उनको खोजीमा जुटेको छ । उनिहरुले पुलिस थानामा महिला हराएको एफआईआर दायर गरेका छन । यद्धपी पुलिसले घटनास्थल वरपरको सीसीटीभी क्यामराहरु जाँच गर्दा उनि घरबाट एक रातो झोला लिएर रेलवे स्टेशनसम्म गएको देखिएको छ । रेलवे स्टेशनबाट उनि कता गइन त्यसबारेमा अहिले केही जानकारी पाउन सकिएको छैन । पुरै परिवारले तस्वीरमा देखिएकी सृजना धमलालाई खोजिदिन भारत प्रवासमा भएका सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेको नेपाली जनसम्पर्क समितिका क्षेत्रीय महासचिव देवेन्द्र बोगटीले जानकारी दिनुभयो ।

हरि धमलाले बताए अनुसार उनकी श्रीमति सृजना धमलालाई हिन्दी भाषा समेत बोल्न आउदैन । करिब डेढ वर्षदेखि हैदराबादमा रहदै आएकी सृजनाले 1 महिना पहिलेदेखि नेपाल जान चाहेको बताउँदै आएकी थिइन । तर जारी लकडाउनका कारण अहिले नेपाल जाने स्थिति नरहेको हरिले बताउँदै आएका थिए । आफुहरुबिच कुनै प्रकारको विवाद-झगडा नभएको र सृजनालाई हिन्दी भाषा समेत नआउने भएकाले आफुहरु निकै चिन्तित भएको उनले बताएका छन ।

तस्वीरमा देखिएका महिला सृजना देवकोटा धमलालाई कतै देख्नु भएमा मोबाइल नम्बरहरु- 8377670851, 8309762923, 8019481790 वा 9700357466 मा सम्पर्क गरि जानकारि दिन आग्रह गरिएको छ ।   

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...