युएई, 22 सेप्टेम्बर
युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । गएराति दुबईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले विजयी सुरुवात गरेको हो । बैंगलोरले दिएको १५४ रनको लक्ष्य पछाएको हैदरावाद १९.४ ओभरमा १५३ रन बनाएर अलआउट भएपछि बैंगलोर १० रनले विजयी भएको हो । हैदरावादका लागि जोनी बैरस्ट्रवले सर्वाधिक ६१ रन बनाए भने मनिष पाण्डेले ३४ र प्रियं गर्गले १२ रन बनाए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाउदै १६३ रन बनाएको थियो । बैंगलोरका लागि आफ्नो डेभ्यु खेलमा देभदत्त पडीक्कलले ४२ बलमा ५६ रन बनाएका थिए । आइपिएल अन्तर्गत आज साँझ साढे 7 बजे राजस्थान रोयल्स र चेन्नई सुपरकिंग्सबीच खेल हुदै छ ।









































