HomeFeatureहोली पर्व सुरु भएको जनाउ दिँदै वसन्तपुरमा ठडियो चीर

होली पर्व सुरु भएको जनाउ दिँदै वसन्तपुरमा ठडियो चीर

काठमाडौँ, ३ मार्च, २०२०
रंगहरुको पर्व फागूपूर्णिमा (होली) सुरु भएको संकेत दिन काठमाडौंको वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याइएको छ । नेपाल पञ्चांग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार मंगलबार बिहान ७ बजेर ५७ मिनेटमा चीर ठड्याइएको हो ।

हनुमानढोका दरबारको मूलद्धार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइदा हनुमानढोका गुरुजूको पल्टनले हर्ष बढाँई समेत गरेको थियो । वसन्त ऋतुको सुरुवातसँगै मनाइने यो पर्व यस वर्ष पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराइका जिल्लाहरुमा फागुन २७ गते मनाइदै छ । आपसी मैत्री एवं सद्ध्भावपूर्वक खेलिने यो पर्वमा रंगीबिरंगी रंग दलेर खुसीयाली मनाउँदै एकआपसमा शुभकामना आदानप्रदान गरिन्छ । आज ठड्याइएको चीरलाई पूर्णिमाको रातमा ढालेर टुँडिखेलमा पु¥याई दाह गरेपछि होली समाप्त हुन्छ भने त्यसको भोलिपल्टदेखि वसन्त ऋतुको सुरुवात हुन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...