HomeFeatureह्वीप विपरित फ्लोर क्रस गर्ने प्रदेश सभा सदस्यहरु कारबाहीमा

ह्वीप विपरित फ्लोर क्रस गर्ने प्रदेश सभा सदस्यहरु कारबाहीमा

पोखरा, 23 अप्रिल 2021
नेकपा(एमाले)ले कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरित फ्लोर क्रस गर्ने चार जना प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । शुक्रबार नेकपा(एमाले)को महाधिवेसन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरित फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने चार जना प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । कारबाहीमा पर्नेमा प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहनुभएको छ । उहाँहरु प्रदेश सभा सदस्य समेत नरहेको जानकारी प्रदेश सभा संसद सचिवालयलाई गराउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । कर्णाली प्रदेश सभाको एक र संघीय संसदको २७ जना सांसदहरुलाई सोधिएको स्पष्टिकरणको अधिकांशको जवाफ आएको भन्दै त्यसको थप अध्ययन गरेर आवश्यक निर्णय गर्ने अख्तियारी स्थायी कमिटी बैठकलाई दिएको पनि प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

बैठकले पार्टीको स्थायी कमिटी पनि गठन गरेको छ । साबिक नेकपामा स्थायी कमिटी सदस्यको रुपमा रहेका १९ जना सदस्यहरुलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । बैठकले समसामयिक राजनीतिक विषयको सन्दर्भमा ११ बुँदे प्रस्ताव पारित गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । समानान्तर गतिविधि गर्नेहरुलाई समानान्तर गतिविधि रोक्न तथा पार्टीको मूल प्रवाहमा फर्किन आव्हान गरेको छ । जनप्रतिनिधिलाई पनि विगतको भूमिकाको आत्मसमिक्षा गर्दै पार्टीमा फर्किन आव्हान गर्दै पार्टीमा बिना पूर्वाग्रह स्वागत गर्ने, सम्मानपूर्ण व्यवहार र उचित जिम्मेवारी दिइने पनि निर्णय गरेको छ ।

बैठकले निकट भविष्यमा हुने उपनिर्वाचनको तयारीमा सम्पूर्ण रुपले तयार हुन पार्टीका सबै कमिटीलाई आव्हान गरेको छ । नयाँ भेरियन्टसहित कोरोना संक्रमण बढेकाले सरकारलाई थप प्रभावकारी कदमका लागि ध्यानाकर्षण गराएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । सबै नागरिकहरुलाई कोरोनाको विरुद्द स्वास्थ्य सतर्कताको पालना गर्दै लडाई सफल पार्नको लागि आव्हान पनि गरिएको छ भने पार्टीका नेता, कार्यकर्तालाई स्थानीय तहसम्मै कोभिडविरुद्धको अभियानमा स्वयमसेवी भएर लाग्न भनिएको छ ।

बैठकले महाधिवेसन आयोजक कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको छ । महाधिवेसन आयोजक कमिटीका सदस्यहरुलाई भूगोल, विभाग र जनसंगठनको विभिन्न जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...