HomeFeature१० बुँदे प्रस्तावलाई शीघ्र प्रभावकारी गर्ने एमालेको निर्णय

१० बुँदे प्रस्तावलाई शीघ्र प्रभावकारी गर्ने एमालेको निर्णय

काठमाण्डौ, 26 अगस्त 2021

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय समितिको बैठकले स्थायी कमिटीको गरेको १० बुँदे प्रस्तावलाई शीघ्र प्रभावकारी र व्यवस्थित ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको छ । बिहीवार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको गरेको १० बुँदे प्रस्तावलाई शीघ्र प्रभावकारी र व्यवस्थित ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले पार्टी परित्याग गरेर अलग दल दर्ता गरेकाहरुलाई निष्काशन गर्दै पार्टीको अभिलेखबाट नाम हटाउने र निर्वाचन आयोगलाई पनि त्यो कुरा जानकारी दिने निर्णय गरेको छ । भुल महशुस गरेर सच्याउँदै पार्टी एकतामा फर्किन चाहनेहरुका लागि भने बैठकले ढोका खुल्लै राख्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले निर्वाचन आयोगले दल दर्ता गराउँदा उपस्थित नभएका र पार्टीले कारबाही गरेकाहरुको पनि सनाखत गराउनु गम्भीर गल्ती भएको भन्दै त्यसको बिरोध गर्ने निर्णय भएको बताउनुभयो । प्रवक्ता ज्ञवालीले बैठकले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको जानकारी दिनुभयो । नेता ज्ञवालीले भन्नुभयो, “१० बुँदे प्रस्तावको शीघ्र प्रभावकारी र व्यवस्थित ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको छ, बैठकले पार्टी परित्याग गरेर अलग दल दर्ता गरेकाहरुलाई निष्काशन गर्दै पार्टीको अभिलेखबाट उहाँहरुको नाम हटाउने र निर्वाचन आयोगलाई पनि त्यो कुरा जानकारी दिने निर्णय गरेको छ, तर कसैले भुल महशुस गरेर त्यसलाई सच्याउन चाहनुभयो, र पार्टी एकतामा फर्किन चाहनुभयो भने उहाँहरुको लागि ढोका खुल्लै राख्ने निर्णय भएको छ, निर्वाचन आयोगबाट केही ववादास्पद निर्णयहरु भएका छन्, पार्टीले कारबाही गरेर त्यसको सूचना दिइसकेका व्यक्तिहरुलाई समेत गढाना गरेर सनाखत गराउने अनुपस्थित भएका व्यक्तिहरुलाई पनि सनाखत गराउने लगायतका केही गलत कामहरु त्इहाँबाट भएका छन् , हामी यसको कानूनी प्रतिवाद गर्दछौँ, सभामुखले पार्टीको कारबाहीको सूचना टाँस नगरेर गम्भीर गल्ती गर्नुभएको छ, यसको पनि हामीले यथोचित कानून सम्मत संसदीय अभ्यास अनुसारको त्यसको बिरोध गर्दछौँ, यस सम्बन्धी हामीले निर्णय गरेका छौँ। यसपटक पार्टी विभाजन सम्बन्धी अध्यादेश सरकारले जारी गरिरहँदा संविधानले परिकल्पना नै नगरेको स्थानीय तहका पदाधिकारीहरुले समेत दल त्याग गर्नसक्ने २१ दिन भित्र नयाँ दलमा जान सक्ने अध्यादेशमा जुन व्यवस्था गरिएको छ, त्यो संविधानको मर्म विपरित् छ , त्यसको बारेमा हामी कानूनि उपचार खोज्छौँ , तर देशभरका सबै जनप्रतिनिधिहरुलाई पार्टिको पक्षमा दृढतापूर्वक उभिन कुनै पनि किसिमका विभाजनकारी गतिविभिहरुमा नलाग्न स्थानीय र प्रदेशका जनप्रतिनिधिहरुलाई गर्ने निर्णय गरेका छौँ, बैठकले भर्खरै नियुक्त हुनुभएका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई बधाइ ज्ञापन गरेको छ । सफल कार्यकालको शुभकामना दिएको , प्रसिद्ध लोकप्रिय जनगायक नेपालको जनसाँस्कृतिक आन्दोलनका धरोहर जेबी टुहुरेको निधनप्रति शोक व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।” प्रवक्ता ज्ञवालीले प्रसिद्ध लोकप्रिय जनगायक नेपालको जनसाँस्कृतिक आन्दोलनका धरोहर जेबी टुहुरेको निधनप्रति शोक व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको समेत नेता ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...