HomeFeature१२ वर्ष भन्दा बढी उमेर समुह र तोकिएका दीर्घ रोगीलाई कोरोनारुद्धको खोप...

१२ वर्ष भन्दा बढी उमेर समुह र तोकिएका दीर्घ रोगीलाई कोरोनारुद्धको खोप लगाउने  सुरु

11 नवम्बर 2021

१२ वर्ष भन्दा बढी उमेर समुह र तोकिएका दीर्घ रोगीलाई सरकारले लामो प्रतिक्षापछि कोरोनारुद्धको फाइजर खोप लगाउने भएको छ । देशभर विभिन्न २४ वटा अस्पतालबाट कात्तिक २८ गतेबाट खोप उपलब्ध गराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोनाको फाइजर खोप तत्कालका लागि उपलब्ध भएको १ लाख मात्रा खोप लगाउने तयारी भएको जनाएका छन् । “बालबालिका र दीर्घ रोगीलाई लगाउने गरी तयार गरिएका कारण खोप सुरक्षित र प्रभावकारी छ ।” सहप्रवक्ता अधिकारीले कारोबारलाई भने “यो विश्व स्वास्थ्य संगठन र नेपाल सरकारबाट समेत आकस्मिक प्रयोगका लागि अनुमति प्राप्त खोप हो ।” मन्त्रालयले सूचना जारी गरी पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म र दोस्रो मात्रा मंसिर २७ देखि पुस २ गतेसम्म लगाउन सकिने जनाएको छ । खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पुर्जा अनिवार्य लिएर तोकिएको अस्पताल जान अनुरोध गरिएको छ । मन्त्रालयले यो खोपको दुवै मात्रा पूरा गरेमा ९५ प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको जनाएको छ ।यो खोप १२ वर्ष भन्दा माथिका उमेर समूहमा प्रयोग गर्न मिल्ने र दोस्रो मात्राको खोप पहिलो मात्रा लगाएको २८ दिन भित्रमा दुई मात्रा पूरा गर्न सकिने जनाइएको छ । कोरोनाविरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका तथा १२ वर्ष उमेर माथिका व्यक्तिलाई फाइजर खोपको २ मात्रा अमेरिकालगायतका विभिन्न देशमा प्रभावकारी मानिएको मन्त्रालयले जनाएको छ । फोक्सो सम्बन्धी रोगको औषधी सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेकाले पनि खोप लगाउन सक्ने छन् । फाइजर खोप पाउने लक्षित दीर्घ रोगी समूहमा मुटुको शल्यक्रिया गराएका वा औषधी सेवन गरिरहेका, मृगौला फेरेका वा डायलाइसिस गराइरहेका वा औषधी सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका बिरामी छन् । यसरी नै रोग प्रतिरोधात्मक क्षमता कम भएको, मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका बिरामीले लगाउन मिल्ने मन्त्रालयको भनाइ छ । फाइजर खोप काठमाडौ उपत्यकामा वीर अस्पताल, विरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा लगाइने जनाइएको छ। यसरी नै बागमती प्रदेशमा वीपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेल अस्पताल रहेका छन् । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल रहेका छन । कर्णाली प्रदेशमा कर्णाली प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल र डडेलधेरा अस्पतालमा खोप लगाउन सकिने छ । यसैगरी प्रदेश १ मा मेची प्रादेशिक अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालमा लगाउन सकिने मन्त्रालयले जनाएको छ । यसैगरी प्रदेश–२ मा गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल, जानकपुर प्रादेशिक अस्पताल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...