HomeFeature२१ हजार नेपालीको उद्धारको माग गर्दै मूल प्रवाहद्वारा परराष्ट्र मन्त्रालयलाई पत्र

२१ हजार नेपालीको उद्धारको माग गर्दै मूल प्रवाहद्वारा परराष्ट्र मन्त्रालयलाई पत्र

नयाँ दिल्ली, 7 मे 2020

भारतमा नेपाली श्रमिकहरुको हितमा आवाज उठाउँदै आएको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न शहरहरुमा अलपत्र परेका नेपालीहरुको तथ्यांक संकलन गरि तत्काल उद्दारका लागि माग गर्दै नेपालको परराष्ट्र मन्त्रालयमा पत्र पठाएको छ ।

लकडाउनले यतिवेला भारतका विभिन्न राज्यहरुमा नेपाली श्रमिकहरु बेरोजगार तथा असहाय भएको ऱ उनिहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएकोबारे नेपाल सरकार समक्ष ध्यानाकर्षण गराउँदै पिडीतहरूलाई यथासक्य छिटो उद्धारका लागि जोड दिंदै मूल प्रवाहले परराष्ट्र मन्त्रालय र नेपाली दूतावासलाई सो माग पत्र पठाएको हो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले लकडाउनले बेरोजगार भएर खान, बस्न समस्यामा परेका करिब २१ हजार नेपाली श्रमिकहरुको विबरण संकलन गरि परराष्ट्र मन्त्रालयमा इमेल मार्फत पठाएको हो।

माग पत्रमा भारत अध्ययन गर्न आएका नेपाली विद्यार्थी, उपचारका लागि आएका बिमारीहरू एवं लकडाउनको कारणले बेरोजगार र असहाय बन्न पुगेका नेपालीहरू निराश भई अवसादको शिकार भईरहेको अवस्था भएको नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । यो अवस्थामा लामो समयसम्म उनीहरूलाई भारत मै रोकेर राख्नु अव्यहारिक, अमानवीय एवं जनता माथिको क्रुरुता हुने समेत माग पत्रमा जिकिर गरिएको छ ।

पत्रमा भनिएको छ ” मूल प्रवाहले बुझाएको सो माग पत्रमा नेपाल सरकार अत्यन्तै संवेदनशील भएर सीमानामा स्वास्थ्य परिक्षण गरि आवश्यक पर्नेलाई नेपालमै आईशोलेसन एवं अन्यलाई स्थानीय निकायका वार्डहरुमा कोरेन्टाइनको व्यवस्था गर्ने गरि भारत प्रवासमा असंठित तथा अलपत्र अवस्थामा पुगेका नेपालीहरुलाई यथासिघ्र उद्धार गरियोस । ’’

माग पत्रको बोदार्थ, प्रधानमन्त्रीको कार्यालय, नेपाली दूतावास नयाँ दिल्ली र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेललाई समेत पठाइएको समाजका अध्यक्ष दुर्गाबहादुर केसीले जानकारी दिनुभएको छ । केसीका अनुसार भारतमा अलबत्र परेका नेपालीहरुको तथ्याङ्क संकलन गर्ने अभियान दुई दिन चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...