HomeFeature२४ हजार २ सय ५३ जनाको कोरोना परीक्षण, संक्रमितहरूको संख्या यथावत, अवस्था...

२४ हजार २ सय ५३ जनाको कोरोना परीक्षण, संक्रमितहरूको संख्या यथावत, अवस्था सामान्य

काठमाण्डौँ, 17 अप्रेल

पछिल्लो २४ घण्टामा कुनैपनि व्यक्तिमा कोरोना भाइरस संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुनैपनि नयाँ संक्रमण फेला नपरेको बताउनुभयो। यस्तै प्रवक्ता देवकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडीएमएसमा अध्ययनरत ३४ जना चिकित्सकहरुलाई सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट परिचालान हुने गरी उक्त प्रदेशको अस्पतालहरुमा खटाउने गरी पठाइएको बताउनुभयो। उहाँले चिकित्सकहरु आजै हवाइजहाज मार्फत धनगढी पुगिसकेको बताउनुभयो। उहाँले एक महिनाको अवधिका लागि पठाइएको र आवश्यकता अनुरुप समय थप हने बताउनुभयो। सूदुरपश्चिम प्रदेशमा भारतबाट आउने नेपालीहरुको संख्या धेरै भएको र जोखिम बढी देखिएकाले चिकित्सकहरु पठाइएको उहाँले बताउनुभयो। यस्तै परीक्षणको दायरा बढाउन ललितपुरको पाटन अस्पतालमा समेत पीसीआर मेसिन जडान गरिएको उहाँले बताउनुभयो। यससँगै देशभर कुल १४ ठाउँबाट पीसीआर प्रविधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता देवकोटाले बताउनुभयो।

यसबाहेक सरकारले गत साता ५/५ हजारका दरले ऱ्यापिड डाइगोनेस्टिक किट प्रत्येक प्रदेशमा पठाइएकोमा अहिले आवश्यकता अनुसार थप ३० हजार भन्दा बढी किटहरु पठाइएको बताउनुभयो। यससँगै करिब ७० हजारको संख्यामा ऱ्यापिड किटहरु प्रदेशमा पठाइसकेको प्रवक्ता देवकोटाले बताउनुभयो। यस्तै आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्तिहरु सबैको पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा नेगेटिभ देखिएको उहाँले बताउनुभयो। यस्तै केहीको परीक्षणको क्रममा नै रहेको उहाँले बताउनुभयो।

अहिलेसम्म पीसीआरको कुल परीक्षण संख्या ७ हजार ६ सय ८८ पुगेको छ। ऱ्यापिड डाइगोनेस्टिक टेस्टबाट गरिने परिक्षणको संख्या १६ हजार ५ सय ६५ पुगेको छ। कुल परीक्षण २४ हजार २ सय ५३ भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ वटा नयाँ परीक्षण भएको छ। प्रवक्ता देवकोटाले अहिले सम्म दुई वटा जिल्ला र डोल्पामा ऱ्यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने व्यवस्था नभएको बताउनुभयो। उहाँले बाँकी ७५ वटै जिल्लामा परीक्षणको व्यवस्था भएको बताउनुभयो। अहिलेसम्म क्वारेन्टिनमा ४ हजार ६ सय ७ जना र आइसोलेसनमा ९० जना रहेको उहाँले बताउनुभयो।

यस्तै उदयपुर र चितवनमा गरिएको पीसीआर परीक्षणमा केही व्यक्तिहरुमा संक्रमण देखिएको समाचार आइरहेको विषयमा भने स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा कुनैपनि जानकारी गराएको छैन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...