नयाँदिल्ली, २५ फरवरी, २०२०
पुर्व अमेरिकी जलसेना अधिकारीले ६२ वर्षको उमेरमा आठ घण्टा १५ मिनेट १५ सेकेन्डसम्म ’प्ल्याङ्क’ (व्यायामको एक प्रकार) गरेर नयाँ विश्व रेकर्ड राख्न कायम गरेका छन् ।
जर्ज हुडले शिकागोमा ’द लङ्गेस्ट मेल एब्डोमिनल प्ल्याङ्क’मा त्यस्तो रेकर्ड बनाएको गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले जनाएको छ ।
उनले सन् २०१६ मा चिनियाँ नागरिक माओ वेइन्दोङले कायम गरेको आठ घण्टा एक मिनेटको रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन् ।
त्यसकालागि आफूले २,१०० घण्टा ’प्ल्याङ्क’ को तयारी गरेको हुडले बताए । रेकर्ड तोडेपछि उनले ७५ पटक ’पुशअप’ गरेका थिए।
लगत्तै उनले ’प्ल्याङ्क’ रेकर्डको प्रयास गर्ने कार्यबाट आफूले सन्यास लिएको बताए। ’प्ल्याङ्किङ’ एक प्रकारको लोकप्रीय शारिरिक व्यायाम हो जस्मा दुवै कुहिना भूईँमा टेकाएर दुवै खुट्टा पछाडि तन्काइ पाखुरा र खुट्टाका औँलाहरूको भरमा जीउलाई उठाएर घोप्टो परी सुतेको जस्तो आसनमा सकेसम्म लामो समयसम्म बस्ने गरिन्छ ।









































