HomeFeature८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान शुरु

८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान शुरु

काठमाडौं, 20 सितम्बर 2021

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित असोज १ गते शुक्रवारबाट आफ्नो नियमित आन्तरिक उडान शुरु गरेको हो । एयरलाइन्सले पहिलो उडानको रुपमा काठमाडौं–चितवन गरेको छ भने दोस्रोमा काठमाडौं–पोखरा उडान भरेको छ । एयरलाइन्सका सिइओ बालकृष्ण श्रेष्ठले गुण एयरलाइन्स कसैसँग प्रतिष्पर्धा गर्नका लागि नआएको बताउनुभयो । उहाँले एयरलाइन्सले कोरोनाको पेन्डामिक समयमा आम मानिसमा पर्न गएको असरलाई मध्यनजर गर्दै पाँच जेट स्ट्रिम र दुई विचक्राफ्ट सञ्चालनमा ल्याएको बताउनुभयो । सिइओ श्रेष्ठले जनतालाई सुरक्षा, प्यासेन्जरलाई मनोरञ्जन दिने नै गुण एयरलाइन्सको मुख्य लक्ष्य भएको बताउनुभयो । उहाँले पुरानो ब्राण्डबाटै चलाउन उपयुक्त हुन्छ भन्ने सोचले लामो समयपछि उडान भरेको जानकारी दिनुभयो ।

सिइओ श्रेष्ठले भन्नुभयो, ‘हामीले असोज १ गते, १७ सेप्टेम्बर २०२१ देखि हामीले सेवाहरु सञ्चालन गर्यौं, र फस्र्ट फ्लाइट भरतपुर गर्यौं, त्योपछि फेरि पोखरा, यो विचएयरक्राफ्ट १९०० बाट हामीले सेवा सुविधा दिएका हौँ र शुरुदेखिकै हाम्रो फस्र्ट फ्लाइटदेखिकै प्यासेन्जर अकुपेन्सी, कन्टीन्यूएशन,१०० प्रसेन्ट अकुपेन्सीमा शुरु गरिरहेका छौँ,हामीले दिने भनेको फस्र्ट प्रायोरेटी सेफ्टीलाई हो, सेफ्टीलाई कहिल्यै कम्परमाइज गर्दैनौं, रिलाइबिलिटी, कस्टूमर सटिस्फ्याक्शन नै हाम्रो उपलब्धि मान्नुपर्छ, यो तीन दिनको अप्रेशनमा पनि राम्रो प्रतिक्रिया आइरहेको छ, यो कन्टिन्यूएशन प्रोसेसमै थियो, हामीले अहिले पुरानो ब्राण्डमै चलाउन उपयुक्त सोचेर पुनः सञ्चालनमा ल्याएका छौँ ।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले दुई वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई निःशुल्क उडान र वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरुलाई केही छुटको व्यवस्था गरेको बताउनुभयो । उहाँले पहिला आफूसँग भएको अमेरिकन विचक्राफ्ट र नयाँ जेट स्ट्रिम पाँच वटा थप गरेर ७ वटा विमान सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले तत्कालका लागि भरतपुर र पोखरा उडान भरिरहेको तर अन्तिम एक हप्तापछि विराटनगर, भैरहवा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्ने बताउनुभयो ।

प्रवक्ता थापाले भन्नुभयो, ‘हामीले दुई वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई निःशुल्क उडानको सुविधा दिएका छौँ भने वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरुलाई पनि केही सहुलियतको व्यवस्था गरेका छौँ, यो पहिलोपटक गण एयरलाइन्सले ल्याउन लागेको हो, पहिला हामीसँग २ वटा मात्रै अमेरिकन विचक्राफ्ट थिए, त्यसमा अहिले ५ वटा नयाँ जेट स्ट्रिम थप गरी ७ वटा पुर्याएका छौँ, तत्कालका लागि भरतपुर र पोखरा उडान भरिरहेका छौँ तर सबै प्रक्रिया सकिएपछि विराटनगर, भैरवहा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्नेछौँ, यो अबको हप्ता दशदिनमा शुरु हुन्छ ।

गुण एयरलाइन्समा काठमाडौंबाट चितवनसम्म पुगेका यात्रुहरुले एयरलाइन्सको सेवाहरु राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले गुण एयरलाइन्सको सर्भिस राम्रो भएकोले सबैलाई एकपटक यसको सर्भिस लिन सुझाएका छन् । गुणसँग २ विचक्राफ्ट १८ सिटको क्षमताका छन् भने जेटस्ट्रिम ३० सिट क्षमताका हुन् । २००९ मा स्थापना भएको गुण एयरलाइन्स २०१३ मा सिम्रिकमा परिवर्तन भएको थियो । कोरोनाको महामारी जारी नै रहेको कारण एयरलाइन्सले स्वास्थ्यका मापदण्ड पूर्णरुपमा अपनाएरु एडान शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...