HomeFeature15 वर्षीया किशोरीलाई फकाएर भारत लैजान खोज्ने एक युवक पक्राउ

15 वर्षीया किशोरीलाई फकाएर भारत लैजान खोज्ने एक युवक पक्राउ

दिल्ली, 25 जनवरी 2022

अर्घाखाँची जाने भनेर 15 वर्षीया किशोरीलाई फकाएर भारत लैजान खोज्ने एक युवक वीरगन्जस्थित नेपाल-भारत सीमाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला स्थाई घर भई भारतको आसाम घर बताउने 28 वर्षीय राजु अधिकारी छन् । उनलाई वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेका माइती नेपालका सीमा पहरेदारहरूले सोमबार साँझ 4 बजेर 45 मिनेटमा शंका लागेर केरकार गरेपछि ती युवक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार बैतडीको लिस्टी नगरपालिका–२ की 15 वर्षीया बालिका राधा (नाम परिवर्तन) लाई अधिकारीले फकाएर वीरगन्जसम्म ल्याएका थिए । माघ 7 गते घरबाट कपी किनेर आउँछु भनेर निस्केकी राधा त्यसपछि घर फर्किएकी थिइनन् । लामो समयदेखि मोबाइलबाट राधाको सम्पर्कमा रहेका राजुले आफ्नो घर अर्घाखाँची रहेको तथा नारायणघाटमा कपडाको पसल रहेको बताउँदै फोनबाटै प्रेम-जालमा पार्ने प्रयास गरेका थिए । त्यसपछि किशोरी राधा राजुको उच्का-हटमा परी घरबाट भागेर बैतडीको छतबाज चौराहा बजारसम्म आइपुगेकी थिइन् । सुरुमा आफ्नो घरमा बस्ने र पछि उमेर भएपछि विवाहसमेत गर्ने प्रलोभन राजुले राधालाई दिएका थिए । बैतडीमा एक रात होटेलमा बास बस्दा राजुले राधालाई जर्बजस्ती करणी प्रयाससमेत गरेको बुझिएको छ । प्रहरीका अनुसार बैतडीबाट आफ्नो घर अर्घाखाँची जाने भन्दै राजुले राधालाई वीरगन्जसम्म ल्याएका थिए । अधिकारीउपर मानव बेचबिखन मुद्दा चलाइएको र आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरिएको डिएसपी खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...