HomeFeature3 महिनामा सबै नेपालीलाई खोप लगाउने प्रधानमन्त्रीको दावी, नेपालमा कोभिड खोप अभियान...

3 महिनामा सबै नेपालीलाई खोप लगाउने प्रधानमन्त्रीको दावी, नेपालमा कोभिड खोप अभियान शुरु

काठमाण्डौ,  27 जनवरी 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताउनुभएको छ । बुधबार कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई तीन महिनाभित्र कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताउनुभएको हो । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप बुधबारदेखि देशभर लगाउन शुरु गरिएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मी लगायतलाई लगाउन शुरु गरिएको हो । पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप नाफा कमाउने तथा व्यापारको माध्यम बन्नु नहुने पनि बताउनुभयो । उहाँले कुनैपनि गरिब देश अथवा गरिब मानिस खोपबाट बञ्चित हुनुनहुने र सबैको पहुँचमा हुनुपर्ने बताउनुभयो । सरकारले अनुदानमा अथवा किनेर ल्याएको खोपलाई नेपाली नागरिकले निशुल्क रुपमा पाउने उहाँको भनाई छ । प्राथमिकताको आधारमा क्रमशः आम नागरिकलाई खोप उपलब्ध गराउने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको खोपको निम्ति अन्य मित्रराष्ट्र र संघसंस्थासँग पनि कुराकानी भइरहेको जानकारी दिनुभयो । भारत सरकारसँग थप खोप उचित मुल्यमा किन्ने कुरा पनि भइरहेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले खोप प्रारम्भ भएपनि कोभिड–१९सम्पूर्ण रुपमा नियन्त्रण नभएसम्म मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, सरसफाइ र खानपानमा ध्यान दिन आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...