HomeFeatureराजपा नेपाल र समाजवादी पार्टी एकिकृत भई बनेको ‘जनता समाजवादी पार्टी नेपाल’...

राजपा नेपाल र समाजवादी पार्टी एकिकृत भई बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ दर्ता

काठमाण्डौँ, 23 अप्रेल

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकिकृत भई बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ। बुधबार राति राजपा र समाजवादी पार्टीबीच एकता भएको र बिहिबार बिहान 11 बजेपछि निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी नेपाल’ को निवेदन दर्ता भएको हो। दल दर्ता गर्न राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, सरदसिंह भण्डारी, समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लागयतका नेताहरु कान्तिपथ स्थित निर्वाचन आयोगको कार्यालय पुग्नु भएको थियो। दल दर्ताका लागि निवेदन दिएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता यादवले पार्टी एकिकरण भएको जानकारी आयोगलाई दिइएको बताउनुभयो। उहाँले पार्टी प्रति असन्तुष्टी जानाएको भनिएका इस्तियाक राई र रेणु यादवले समेत पार्टीको काम गरिरहेको र पार्टीको काम प्रति कुनै असन्तुष्टि नरहेको विज्ञप्ति निकालिसकेको बताउनुभयो। उहाँले नयाँ पार्टीको पदाधिकारी गठन गर्ने कार्य समेत छिटै टुंगिने बताउनुभयो।

यस्तै नेता राजेन्द्र महतोले दुई पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पुरा गर्ने बताउनुभयो। उहाँले विगत एक वर्ष देखिको प्रकृयालाई टुङ्गोमा पुऱ्याएको बताउनुभयो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्चिको रक्षाका लागि राजपा र समाजवादी पार्टीलाई फुटाउन कसरत गरिरहेकाले त्यस बाट जोगाउन आफुहरु सफल भएको बताउनुभयो। उहाँले भन्नुभयो ‘समाजवादी पार्टी र राजपा भनेको एकिकृत भइरहेको अवस्थामा एकतापद्ध भएर शक्ति निर्माण गर्नुपर्ने अवस्थामा काहाँ फुटाउने कुरा गरेको प्रधानमन्त्रीले, यो सरकारले अनि हामी चाहिं त्यो एकता प्रकृयालाई टुङ्ग्याइदिनु पर्छ भनेर हिजो राति बसेर दुई वटै पार्टीका उपलब्ध नेताहरु बसेर एकता प्रकृयालाई टुङ्ग्याएका छौं। राजपा र समाजवादी पार्टी, जनता समावजादी पार्टी नेपालको नाउँमा हामी एकिकृत भएका छौं। र त्यो जानकारी हामी निर्वाचन आयोगलाई दिन आएका छौं।’ उहाँले सरकारले नै लकतन्त्रमाथि आक्रमण गरेको बताउनुभयो। लोकतन्त्र विरोधि, तानासाही र एकदलिय तानासाहलाई निरंकुश लादने गरी विधेयक ल्याइएको र त्यसलाई तत्काल फिर्ता गर्न सरकारलाई चेतावनी समेत दिनुभयो। उहाँले देशमा समृद्धि, सुशासन, अधिकार र पहिचान चाहने हिमाल पहाड तराई र मधेसका जनता मिलेर राष्ट्रिय शक्तिको निर्माण गर्ने अभियानमा लागेको र त्यसको अभियान सुरु भइसकेको बताउनुभयो।

पार्टी एकिकरण पछि बनेको नयाँ पार्टीको झन्डा यसअघि समाजवादीले प्रयोग गर्दे आएको हुने छ भने चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता रहने सहमति पनि दुई पार्टी बिच भएको छ। यस्तै नेताहरुको कार्यविभाजन पनि छिटै सहमतिमा टुंगो लगाउने नेताहरुले बताएका छन्। नयाँ दल दर्ताका लागि निवेदन दिइएपनि कानूनी मान्यता पाउन बढीमा ४५ दिन लाग्ने छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...