HomeFeature9 महिनापछि खुल्यो ललितपुरको सदर चिडिया खाना, सावधानी अपनाएर चिडियाखामामा घुम्न पाईने

9 महिनापछि खुल्यो ललितपुरको सदर चिडिया खाना, सावधानी अपनाएर चिडियाखामामा घुम्न पाईने

ललितपुर, 10 डिसेम्बर 2020

गतवर्ष चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेल स्थित सदर चिडिया खाना आज (बिहीबार) देखी सर्वसाधारणका लागि खुल्ला भएको छ  । सदर चिडियाखानाका प्रमुख डा. चिरन्जीबी पोखरेलले बन्द भएको ९ महिना पछि चिडियाखानालाई खुल्ला गरिएको बताउनुभयो । चिडियाखाना दैनिक बिहान १० बजे देखि साँझ ५ बजेसम्म खुल्ला गरिने छ । एकपटकमा ८ सय जना सम्मलाई प्रवेश दिइने पनि डा. पोखरेलले बताउनुभयो । चिडिया खाना घुम्न जाने व्यक्ति बढीमा डेढ घण्टा सम्म भित्र बस्न पाउने व्यवस्था पनि गरिएको छ । घुम्न आउनेले मास्क अनिवार्य लागाउनुपर्ने छ भने चिडियाखाना भित्र प्रवेश गर्दा हात सेनिटाइज गर्नुपर्ने, जुत्ता निसंक्रमण गर्नुपर्ने लगायतको व्यवस्था पनि गरिएको डा. पोखरेलले बताउनुभयो । यस्तै चिडियाखाना भित्र जनावरको नजिक जान, पार्कमा बसेर खान, वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन भने बालबालिकालाई खेलाउन नपाइने नियम समेत बनाइएको छ ।

चिडियाखाना अवलोकन गर्न आउनेहरु पनि लामो समयपछि चिडियाखाना भित्र घुम्न पाउँदा खुशी लागेको बताएका छन् । पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरि जनावरहरुको अवलोकन गर्न पाउने व्यवस्था गरिएकाले असुरक्षा महसुस नभएको पनि उनीहरुले बताए ।

नेपाल सरकारको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णय पछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी विहीबारदेखि चिडियाखाना खुल्ला गरिएको हो । चिडियाखना अवलोकनका लागि घरबाटै टिकट खरिद गर्न सकिने व्यवस्था पनि गरिएको छ । काउन्टरबाट टिकट खरिद गर्दा समेत अनलाइन टिकट प्राप्त हुने छ । चिडियाखानामा अवलोकन गर्नका लागि १ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ भने नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...