HomeEnglishपौडेल बन्धुको नमुना कार्य,जन्मभुमी भुर्तुङ्गलाई एम्बुलेन्स हस्तान्तरण

पौडेल बन्धुको नमुना कार्य,जन्मभुमी भुर्तुङ्गलाई एम्बुलेन्स हस्तान्तरण

देबेन्द्र केसी/नयाँ दिल्ली

सामाजिक क्षेत्रमा परोपकारी कार्य गर्ने ध्येय ले स्थापना गरिएको ‘पण्डित बेणीमाधव पौड्याल प्रतिष्ठान’ ले गुल्मी जिल्लाको सुदुर पुर्वमा रहेको कालीगण्डकी गाँउपालिका,वडा नम्वर सात स्थित ‘स्वास्थ्य चौकी’ लाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। बत्तिसपुतली,काठमाण्डौ स्थित अनुपम फुडल्याण्ड को सभागारमा एक कार्यक्रमको आयोजना गर्दै प्रतिष्ठानकी संरक्षक पबित्रा पौडेल,नेपाली काँग्रेसका युवा नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापा, प्रतिष्ठानका अध्यक्ष गोकर्ण पौड्याल, कार्यकारी सदस्यहरु बाबुराम पौडेल र कृष्ण पौडेलले संयुक्त रुपमा एम्बुलेन्सको साँचो वडा अध्यक्ष लोकप्रताप शाह लाई हस्तान्तरण गरेका छन।

कार्यक्रममा बोल्दै प्रमुख अथिति थापाले ‘सुदुर गाँउले डोकोमा बिरामी बोक्ने सास्तिको अन्त्य हुने’भन्दै ‘पंण्डित बेणीमाधव पौडेल प्रतिष्ठान’को मुक्तकंण्ठले प्रसंसा गर्नुभयो। कार्यक्रममा बोल्दै प्रतिष्ठान अध्यक्ष गोकर्ण पौडेलले ‘ बुबा बेणीमाधवले देखाएको सत्य र परोपकारको मार्ग अनुसरण गरेको’बताउनु ।।’बुवाले धर्मकर्ममै जिवन ब्यतित गर्नुभयो।गाँउ मा परोपकारी मन लिएर हिड्नुभयो। हामी यो सानो सहयोग मार्फत बुबाको आत्म सान्तिको प्राथना सहित गाँउको ऋण तिर्ने कोषिश गरेका छौ’अध्यक्ष पौडेलले भन्नुभयो। कार्यक्रममा बोल्दै वडाअध्यक्ष लोकप्रताप शाहले ‘पौडेल परिवारको यो सहयोगले भुर्तुङ्ग हर्षबिभोर भएको ‘बताउनुभयो। स्व.पंण्डित बेणीमाधव पौडेलको ८०औ जन्मजयन्तीको अवसर पारेर सो एम्बुलेन्स वडालाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा भुर्तुङ्ग-काठमाण्डौ सम्पर्क समाजका अध्यक्ष दिपक ढकाल,छापचौर तमे बाट पाल्नुभएका युवा समाजसेवी सर्जुन कुमार क्षेत्री लगाएतका बुद्धिजिवीहरुको सहभागिता रहेको थियो।एम्बुलेन्सलाई अनौपचारिक रुपमा वडा अध्यक्षलाई हस्तान्तरण गरिएपनि औपचारिक रुपमा बैशाख पुर्णिमाका दिन उपभोक्ता समितिको रोहबरमा हस्तान्तरण गरिने र सो अवसरमा नेता गगन थापाको पनि उपस्थिति रहने अध्यक्ष पौडेलले जानकारी दिनुभएकोछ। एम्बुलेन्स पाएपछि भुर्तुङ्गेली नागरिकहरुले पनि खुसियाली ब्यक्त गरेका छन। अनिश ढकाल,सुरेश श्रेष्ठ,दिपक ढकाल,जिवन गौतम,टिका सुबेदी लगाएतका युबाहरुले फेसबुकमा स्टाट्स लेख्दै पौडेल परिवारको सदिचार,परोपकारीमन र जन्मभुमी प्रतिको कर्तब्यबोधको मुक्तकंठले प्रसंसा गरेका छन। एम्बुलेन्स सहित काठमाण्डौ बाट आज हिँडेको टोलीको भोली बिषेश सम्मान कार्यक्रम गरिने जानकारी वडा कार्यालयले दिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...