मुम्बई, 30 दिसम्बर 2019
हाराष्ट्रमा उद्धव ठाकरे नेतृत्वको महाविकास अघाडी सरकारको बहुप्रतीक्षित पहिलो मन्त्रीमण्डलको विस्तार गरिएको छ । राष्ट्रवादी काँग्रेस पार्टीका अजित पवारले पनि शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई उप-मुख्यमन्त्रीको पद दिइने सम्भावना गरिएको छ । महाराष्ट्रका राज्यपाल भगतसिंह कोशियारीले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
शिवसेनाले उद्धव ठाकरेका पुत्र आदित्य ठाकरे, अनिल परब, शम्भू राजे देसाई जस्ता नयाँ अनुहारहरुलाई मन्त्रीपरिषदमा शामेल गरेको छ । सरकारलाई समर्थन दिएका निर्दलीय विधायक बच्चू काडुलाई पनि मन्त्रीमण्डलमा शामेल गरिएको छ ।
राष्ट्रवादी काँग्रेस पार्टीबाट धनन्जय मुण्डे, नवाब मलिक, राजेश टोपे, अनिल देशमुखसहित नयाँ अनुहार जितेन्द्र औहद लगायतलाई मन्त्रीमण्डलमा स्थान मिलेको छ । पार्टीबाट 13 मन्त्रीहरुलाई शपथ ग्रहण गराइएको छ ।
काँग्रेसबाट पूर्व मुख्यमन्त्री अशोक चव्हाण , वरिष्ठ नेता यशोमति ठाकुर, पूर्वमन्त्री वर्षा गायकवाड र पूर्व मुख्यमन्त्री स्वर्गीय विलास राव देशमुखका पुत्र अमित देशमुखसहित 10 मन्त्रीहरुलाई मन्त्रीमण्डलमा शामेल गरिएको छ ।









































